एकलव्य मोडल रेसिडेन्सियल स्कूलकी छात्रा लिनोर्मित लेप्चा इसरो युविका 2025 को निम्ति छनोट
लिनोर्मित लेप्चा


गान्तोक, 24 मई (हि.स.)। मंगन जिल्लाको स्वयेम अन्तगर्त एकलव्य मोडल रेसिडेन्सियल स्कूलकी 9औं श्रेणीमा अध्ययनरत छात्रा लिनोर्मित लेप्चा इसरो युविका 2025 को निम्ति छनौट भएकी छन्। यो छनोटले उनको शैक्षिक उत्कृष्टता र सिक्किमको दुर्गम तथा आदिवासी क्षेत्रका विद्यार्थीहरूका लागि बढ्दो अवसरहरूलाई उजागर गरेको बताइएको छ।

इसरोले आधिकारिक रूपमा लिनोर्मित लेप्चाको सहभागिताको पुष्टि गरेको छ। उनले 13 मईदेखि 31 मईसम्म हैदराबादस्थित राष्ट्रिय रिमोट सेन्सिङ सेन्टरमा हुने युविका कार्यक्रममा सहभागिता जनाउने छिन्। यस प्रकारको कार्यक्रमले युवा विद्यार्थीहरूमा वैज्ञानिक जिज्ञासा जगाउने र उनीहरूलाई अन्तरिक्ष विज्ञान र प्रविधिको व्यावहारिक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

लेप्चाको छनोट एकलव्य मोडेल रेसिडेन्सियय स्कूलको लागि गर्वको क्षण हो, जसले गुणस्तरीय शिक्षा मार्फत जनजाति विद्यार्थीहरूलाई सशक्त बनाउँदै आएको प्रमाणित गरेको बताइएको छ। यो उपलब्धि यस क्षेत्रका विद्यार्थीहरूको प्रतिभालाई बढावा दिने र शैक्षिक कमीहरूलाई पूरा गर्ने विद्यालयको प्रतिबद्धताको प्रमाण पनि रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande