बर्दवान, 25 मई (हि. स.)। केन्द्रिय जाँच ब्यूरो (सीबीआई)- का अधिकारीहरूले बर्दवान जिल्ला अन्तर्गत मिठापुकुरको हाथीसाल क्षेत्रस्थित एकजना डाक्टरको घरमा छापा मारे। सो कारबाही गए शनिवार राती लगभग 11 बजेदेखि बिहार बिहानसम्म चल्यो। यस घटनाको कारणले क्षेत्रका मानिसहरू सशंकित भएका छन्। सूत्र अनुसार किडनी तस्करी गिरोहमा सामेल रहेको शंकामा डाक्टरको घरमा छापामारी गरिएको हो।
स्थानीय सूत्र अनुसार सीबीआईका आठ सदस्यीय एक प्रतिनिधिमण्डलले गए शनिवार राती लगभग 11 बजे बर्दवान शहरको मिठापुकुरको हाथीसाल क्षेत्रस्थित डाक्टरको घरमा खोजी गर्न शुरू गऱ्यो। यो कारबाही आइतवार बिहान लगभग 7:30 बजेसम्म जारी रह्यो। यद्यपि यस अवधि डाक्टर आफ्नो घरमा थिएनन्। उनकी पत्नी जो पेशाले डाक्टर नै हुन्, घरमा उपस्थित थिए।
सूत्र अनुसार सीबीआईको कारबाहीमा लगभग 24 लाख रुपियाँ नगद, हीरा र सुनका आभूषणहरू तथा अन्य मूल्यवान वस्तुहरू, केही दस्तावेज र कम्प्यूटरको हार्ड डिस्क जफ्त गरियो। आरोपी डाक्टर धेरै वर्षदेखिकै मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा कार्यरत छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा