कोलकाता उच्च अदालतको निर्देशपछि बर्खास्त शिक्षकहरूले नयाँ स्थानमा मञ्च निर्माण गरे
कोलकाता उच्च अदालतको निर्देशपछि बर्खास्त शिक्षकहरूले नयाँ स्थानमा मञ्च निर्माण गरे


कोलकाता 25 मई (हि. स.)। कोलकाता उच्च अदालतको निर्देशपछि आइतवार प्रदर्शनकारी बर्खास्त शिक्षकहरूको लागि नयाँ स्थानमा मञ्च निर्माणको कार्य शुरू भएको छ। अदालतको फसेलापछि पश्चिम बंगाल सरकारद्वारा संचालित औ सहायता प्राप्त स्कूलहरूका शिक्षक एवं अन्य कर्मचारीहरूको नोकरी रद्द गरिएको थियो जसले आफ्नो मागलाई लिएर विकास भवन र एसएससी प्रांगणमा लगातार प्रदर्शन गरिरहेका थिए।उनीहरूको सार्वजनिक सुविधालाई मध्यनजर गर्दै धरनास्थल परिवर्कन गर्ने आदेश कलकत्ता उच्च अदालतद्वारा दिइएको छ।

राज्य प्रशासनद्वारा साल्ट लेक सेन्ट्रल पार्क नजिक एउटा बाँसको ढाँचा तयार गरिँदैछ। अदालतको आदेशपछि प्रदर्शनकारीहरू जो पहिला विधान भवन बाहिर सड़कमा बसेका थिए जसले गर्दा ट्राफिक जाम भइरहेको थियो,-लाई ट्राफिकलाई सुचारू रूपमा संचालन हुन दिनको लागि सेन्ट्रल पार्क नजिक फुटपाथमा स्थानान्तरण गरिएको छ।

डिजर्भिग टीचर्स राइट्स फोरमका नेताहरूले भने, पानी र शौचालय जस्ता बुनियादी सुविधाहरू उपलब्ध गराइए मात्र उनीहरू निर्धारित स्थलमा जानेछन्। गत शुक्रवार कोलकाता हाई कोर्टले प्रदर्शन गरिरहेका शिक्षकहरूलाई निर्देश दियो, उनीहरूले आफ्नो अनिश्चितकालीन धरना विधान भवनदेखि लगभग 20 मीटर टाड़ा सेन्ट्रल पार्कमा स्थानान्तरण गरून् ताकि दैनिक यात्री एवं कार्यालय जाने मानिसहरूलाई असुविधा नहोस्।

यो आदेश डिजर्भिग टीचर्स राइट्स फोरम तथा राज्य सरकारद्वारा दर्ता यशिकाहरूको सुनवाई अवधि जस्टिस तिर्थंकर घोषले दिएका हुन्। उनले प्रदर्शनलाई राज्य शिक्षा विभाग मुख्यालय विधान भवन सामु अवस्थित सेन्ट्रल पार्कमा स्थानान्तरण गर्ने आदेश दिए। यसको साथै अदालतले विधान नगर नगरनिगमलाई नयाँ धरना स्थलमा पिउने पानी र शौचालय जस्तो सुविधा उपलब्ध गराउने निर्देश समेत दियो।

राज्य सरकारलाई अदालतले यो सल्लाह पनि दियो, उसले मानवीय दृष्टिकोण राख्दै आफ्नो तर्फबाट सम्भव भए गर्मीदेखि बच्नको लागि अस्थायी आश्रयसँगसँगै पानी र शौचालयको व्यवस्था गरिदेओस्। साथै पुलिसले प्रदर्शन कार्यहरूको विरोधमा कुनै बलजफ्ती कारबाही नगरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande