नयाँ दिल्ली, 25 मई (हि.स.)। दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्ताले आज रोहिणी विधानसभा क्षेत्रमा वरिष्ठ नागरिकहरूको लागि तीनवटा नयाँ मनोरञ्जन केन्द्रहरूको उद्घाटन गरे।
यस अवसरमा उपस्थित जनसमूहलाई सम्बोधन गर्दै उनले भने, वरिष्ठ नागरिकहरूलाई गरिमापूर्ण जीवन जिउने अधिकार छ र उनीहरूको अनुभव समाजको लागि एक अनमोल धरोहर हो जसको सदुपयोग हुनुपर्छ। यी नयाँ केन्द्रहरू सेक्टर-8 को पकेट ए3 डीडीए फ्ल्याट्स, तथा सेक्टर-9 को रामकृष्ण अपार्टमेन्ट्स औ मयूर अपार्टमेन्ट्समा स्थापित गरिएको छ जसको निर्माण विधायक स्थानीय क्षेत्र विकास निधिको माध्यमबाट गरिएको हो।
गुप्ताले वरिष्ठ नागरिकहरूसित एका-अर्काको हेरचाह गर्ने तथा विशेष रूपमा सुरक्षा अनि स्वास्थ्यसित सम्बन्धित कुराहरूमा सजग रहने आग्रह गरे। उनले भने, समाजको प्रत्येक वर्गबाट बुजुर्गहरूलाई सम्मान प्राप्त हुनुपर्छ उनले यो पनि बताए, दिल्ली सरकारले बुजुर्गहरूको हित रक्षार्थ पूर्ण रूपले प्रतिबद्ध छ र उनीहरूको कल्याणको लागि हरसम्भव सहायता प्रदान गरिरहेको छ। बुजुर्गहरूलाई सरकारको पक्षबाट पेन्शन पनि प्रदान गरिन्छ।
यस अतिरिक्त दिल्ली सरकारले शहरभरि नै केही वृद्धाश्रम एवं मनोरञ्जन केन्द्रहरू संचालन गरिरहेको छ। वरिष्ठ नागरिकहरूलाई डीटीसी बसहरूको यात्रामा छुट छ। दिल्ली सरकारका अस्पतालहरूमा उनीहरूको उपचारलाई प्राथमिकता दिइन्छ। गुप्ताले वरिष्ठ नागरिकहरूलाई आत्मविश्वासपूर्वक जीवन जिउने अनि युवा पिँढ़ीलाई मार्गदर्शन गर्नमा सक्रिय भूमिका निर्वाह गर्ने अपील पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा