हावड़ा, 25 मई (हि. स.)। हावड़ाको मोडर्न मंगला हाटमा आइतवार बिहान लगभग 9 बजे चौथो तलाको एक गोदाममा भयानक आगो लाग्यो जसबाट सम्पूर्ण क्षेत्र कालो धुँवाको चपेटमा पऱ्यो भने लगभग 2 हजार 8 सय व्यापारीहरू भयभित भए।
बजारमा किनमेल गर्नेहरूको भीड़ले स्थितिलाई अझ जटिल बनाइदियो। छःवटा दमकल वाहनहरूलाई तत्काल घटनास्थलमा पठाइयो जसले आगोलाई निभाउन युद्धस्तरमा काम गरे। भवनलाई खाली गराएर आगोलाई नियन्त्रण गरियो।
अग्निशमन विभाग अनुसार भवनमा पानीको लाइन काटिएको थियो भने जलाशय खाली थियो जसले गर्दा आगो निभाउन झन् गाह्रो भयो। आगलागीको कारण अहिले स्पष्ट हुन सकेको छैन। अधिकारीहरूको भनाइ छ, आगोलाई पूर्ण रूपले निभाइसकेपछि आगलागीको कारण पत्तो लगाउन जाँच गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा