नयाँ दिल्ली, 25 मई (हि.स.)। शाहदरा जिल्लाको राम नगर क्षेत्रमा आइतवार बिहान एक पीड़ादायी घटना भयो। यहाँको एउटा गोदाममा आगो लागेर दुईजना मानिसहरूको मृत्यु भयो भने चारजना गम्भीर रूपमा घाइते भए। यो घटना बिहान 6:40 बजे पीसीआर कलको माध्यमबाट दर्ता भयो। सूचना पाउनसाथ पुलिस र दमकल विभागको टीम घटनास्थलमा पुग्यो।
शाहदरा जिल्लाका डीसीपी प्रशान्त गौतम अनुसार घटना 2829, मोटीराम रोड, राम नगर, शाहदरास्थित एक टिनको शेड भएको गोदाममा भएको हो जसको प्रयोग उखुको रस निकाल्ने मशिन राख्न, ई-रिक्शा चार्जिंग तथा पार्किंगको लागि गरिँदै आएको थियो। आगलागीको कारण पत्तो लागेको छैन।
यस दुर्घटनामा घाइते भएका मानिसहरूको पहिचान हरिशंकर (19), रिंकू (18), मुकेश (22), र विपिन (19)- को रूपमा भएको छ जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ। सबै घाइतेहरूलाई जीटीबी अस्पतालमा भर्ती गरिएको छ। ब्रिजेश (19) औ मनिराम (18)-को भने घटनास्थलमै मृत्यु भयो। सबै पीड़ितहरू मूल रूपमा मध्य प्रदेश तथा उत्तर प्रदेशका निवासी थिए जसले ई-रिक्शाको माध्यमबाट उखुको रस बेच्ने काम गर्दथे।
पुलिसले मामिलामा कानूनी कारबाही शुरू गरेको छ साथै गोदामका प्रभारी विनोद राठौरलाई हिरासतमा लिएको छ। प्रारम्भिक जाँचमा गोदाममा सुरक्षा मानकहरूको अभाव रहेको पत्तो लगाइएको छ। पुलिसले घटनाको हरेक पाटो र पक्षको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा