कोकराझारमा फिट इण्डिया साइकल ऱ्यालीको आयोजन
कोकराझारमा फिट इण्डिया साइकल ऱ्यालीको आयोजन


कोकराझार (असम), 25 मई (हि.स.)। बोडोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीआर) -को मुख्यालय कोकराझार शहरमा आइतवार भारतीय खेल प्राधिकरण (साई)- को कठालगुरीस्थित साई स्पेशियल ट्रेनिंग सेन्टरको सौजन्यमा फिट इण्डिया सण्डे अन साइकल शीर्षकमा एक जागरूकतामूलक साइकल ऱ्याली आयोजना गरियो।

साईको सौजन्यमा, प्रेस क्लब अफ इण्डिया औ कोकराझार प्रेस क्लबको सहयोगमा कोकराझार साई परिसरदेखि शुरू भएको उक्त साइकल ऱ्याली तितागुड़ी, भवानीपुर, जेडी रोड हुँदै पुनः बेडोफा नगरस्थित बीटीसी सचिवालयको साई परिसरमा पुगेर समाप्त भयो।

ईन्धन बचाउनको साथै शरीरलाई निरोगी राख्ने उद्देश्यले फिट इण्डिया सण्डे अन साइकल ऱ्याली आयोजना गरिएको हो। ऱ्यालीमा ठूलो संख्यामा युवा एवं अन्यले भाग लिएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande