पटना, 25 मई (हि.स.)। राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद यादवले आफ्नो जेठो छोरा तेजप्रताप यादवलाई 6 वर्षको लागि पार्टीबाट निष्कासन गरिदिएका छन्। साथै परिवारबाट पनि तेजप्रतापलाई टाड़ा राखिएको छ। अब तेजप्रतापको पार्टी र परिवारमा कुनै प्रकारको भूमिका रहनेछैन।
आइतवार लालु प्रसाद यादवले सोशल मीडिया प्लेटफर्म एक्समा ट्वीट गरी लेखे, निजी जीवनमा नैतिक मूल्यहरूलाई अवहेलना गर्नुले हाम्रो सामाजिक न्यायको लागि सामूहिक संघर्षलाई कमजोर बनाउँछ। ज्येष्ठ पुत्रको गतिविधि, लोक आचरण तथा गैर जिम्मेवारीपूर्ण व्यवहार हाम्रो पारिवारिक मूल्य एवं संस्कारहरू अनुरूप छैन। अतः उपरोक्त परिस्थितिमा उसलाई पार्टी अनि परिवार दुवैबाट निष्कासित गर्दछु। अबदेखि पार्टी र परिवारमा उसको कुनै प्रकारको भूमिका रहनेछैन। उसलाई पार्टीवाट 6 वर्षकोलागि निष्कासन गरिन्छ।
लालु यादवले अझ भने, आफ्नो निजी जीवनको राम्रो-नराम्रो, गुण-दोष देख्नमा उ आफै सक्षम छ। उसित सम्बन्ध राख्न चाहने सदस्यहरूले स्वविवेकले निर्णय लिउन्। लोकजीवनमा लोकलाजको सदैव हिमायती रहिआएको छु। परिवारका आज्ञाकारी सदस्यहरूले सार्वजनिक जीवनमा यसै विचारलाई अंगीकार गरी अऩुशरण गरेका छन्। धन्यवाद।
वास्तवमा तेज प्रताप यादव र अनुष्का यादवका तस्करीहरू सोशल मीडियामा द्रूत गतिमा भाइरल भइरहेको छ जसलाई लिएर राजद अध्यक्षको पक्षबाट यो कारबाही गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा