कुल्लू, 25 मई (हि.स.)। थाना मनाली अन्तर्गत पुलिसले नशा तस्करीको आरोपमा दुईजना युवकहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकहरूलाई न्यायालयमा पेश गर्ने प्रक्रिया पूरा गरिँदैछ।
यो नशा तस्करीको मामिला त्यसबेला सामु आयो जतिबेला पुलिसले गुप्त सूचनाको आधारमा मनालीको लेफ्ट ब्याङ्क मार्गस्थित अलेयूको एउटा घरमा भाड़ामा बस्ने व्यक्तिको कोठामा छापा माऱ्यो। छापामारीमा पुलिसले 11.290 ग्राम हेरोइन भेट्यो। त्यसपछि पुलिसले उक्त नशाको खेपलाई जफ्त गरेर आरोपीहरूलाई पनि पक्राउ गऱ्यो।
पुलिस अधीक्षक डा. कार्तिकेयनले बताए, अक्षय उपनाम सुखी (29) पुत्र बन्सी लाल, गाउँ पीपली, जिल्ला मण्डी अनि राकेश कुमार उपनाम रतनु (31), पुत्र अशोक कुमार, निवासी गाउँ बडोँ, जिल्ला कांगड़ाविरुद्ध मादक पदार्थ अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा