गोलाघाट (असम), 24 मई (हि.स.)। गोलाघाट जिल्ला अन्तर्गत बोकाखातको कुरुवाबाही क्षेत्रमा भएको एक सड़क दुर्घटनामा दुईजना बाइक चालकहरू गम्भीर रूपमा घाइते भए। पुलिसले बताए अऩुसार गए राती कुरूवाबाही क्षेत्रमा दुईवटा बाइक (एएस-05-0492 औ एएस-05भी-9542) आपस्तमा ठोक्किए जसमा कुरुवाबाही परडनिया गाउँका वास्तव बोरा र बिहिरा चिया बगानको 12 नम्बर लाइन निवासी उत्पल मुण्डा गम्भीर रूपमा घाइते भए।
घटनाको जानकारी पाएर घटनास्थलमा पुगेको पुलिसको टीमले दुवै घाइतेलाई बोकाखारत शहीद कमला मीरी सिभिल अस्पतालमा भर्ती गराय जहाँबाट डाक्टरहरूले दुवैलाई उन्नत चिकित्सको निम्ति गोलाघाट पठाइदिए। सड़क दुर्घटनामा घाइते उप्पल मुण्डाको अवस्था धेरै गम्भीर रहेको कारणले उसलाई चिकित्सकहरूले जोरहाट मेडिकल कलेज एवं अस्पतालमा पठाइदिए। घटनाको सम्बन्धमा बोकाघाट थानामा प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा