मुर्शिदाबाद, 25 मई (हि. स.)। जिल्लाको दौलताबादमा कलकत्ता उच्च न्यायालयको आदेशमा आइतवार दौलताबाद महाराजपुर एसकेयूएस लिमिटेड सहकारी समितिको चुनाउ अवधि तृणमूल कंग्रेस र वाम-कंग्रेस गठबन्धनबीच हिंसक झड़प भयो। यो समिति पहिला वाम-कंग्रेसको नियन्त्रणमा थियो भने यसपालि 42 जना उम्मेद्वारहरू मैदानमा उत्रेका थिए। मतदान शुरू हुनसाथ तनाउ बढ़्दै गयो, त्यसपछि दुवै दलका समर्थकहरूले आपस्तमा कुटपिट, चौकी फालाफाल जस्ता कृत्यहरू गरेको आरोप छ।
तृणमूलले दाबी गऱ्यो, विपक्षले स्वेच्छाले भइरहेको मतदानलाई बाधा दिरहेको थियो। अर्कोतिर विपक्षले सत्ताधारी पार्टीमाथि हमला गरेको आरोप लगायो। पुलिसको उपस्थितिबीच पनि स्थिति अनियन्त्रित भयो फलस्वरूप वर्दीधारी पुलिसकर्मीहरूमाथि नै हमला भएको कुरा बाहिरियो।
स्थितिलाई नियन्त्रण गर्नको लागि भारी मात्रामा पुलिस बल औ ऱ्यापिड एक्शन फोर्स (आरएएफ)-लाई तैनाथ गरियो जसलाई लट्ठीचार्ज गर्नुपऱ्यो। केही समयपछि स्थिति नियन्त्रित भयो। प्रशासनले स्पष्ट पाऱ्यो, मतदान प्रक्रिया रोकिएन, कुनै पनि प्रकारको गड़बड़ीलाई रोक्नको लागि कड़ा निगरानी राखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा