जेलमा बन्द पतिलाई चरस र मोबाइल पुऱ्याउने महिलालाई समातियो
जेलमा बन्द पतिलाई चरस र मोबाइल पुऱ्याउने महिलालाई समातियो


जयपुर, 25 मई (हि.स.)। जालुपुरा थाना पुलिसले कारबाही गर्दै जेलमा थुनिएका आफ्ना पतिलाई चरस र मोबाइल पुऱ्याउने प्रयास गरिरहेकी एकजना महिलालाई पक्राउ गर्नको साथै उसको कब्जाबाट 76.71 ग्राम अवैध मादक पदार्थ चरस र मोबाइल जफ्त गरेको छ। हाल आरोपी महिलासित जाँचबुझ भइरहेको छ।

पुलिस उपायुक्त जयपुर उत्तर राशि डोगरा डुडीले बताए, जालुपुर थाना पुलिसले कारबाही गर्दै जयपुर जेलमा बन्द आफ्ना पति रफिक उपनाम बकरीलाई चरस तथा मोबाइल पुऱ्याउने चेष्टा गरिरहेकी 35 वर्षीय हिना निवासी भट्ट बस्तीलाई पक्राउ गरी उबाट 76.71 ग्राम अवैध मादक पदार्थ चरस र मोबाइल फोन जफ्त गरेको छ।

पुलिसको जाँचबुझमा थाहा लागे अनुसार आरोपी महिलाले उपचारको निम्ति जेल बाहिर आएका आफ्ना पतिलाई जेलमा नशाको व्यापार गर्नको लागि अवैध मादक पदार्थ चरस अनि जेलबाट मानिसहरूलाई धम्काउनको लागि मोबाइल फोन उपलब्ध गराउँदै आएकी छन्। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande