शेवड़ाफुलीमा युवक गंगा नदीमा डुबे
शेवड़ाफुलीमा युवक गंगा नदीमा डुबे


हुगली, 25 मई (हि. स.)। हुगली जिल्लाको शेवड़ाफुलीस्थित निस्तारिणी काली मन्दिर घाटमा आइतवार गंगा नदीमा स्नान गर्न गएका एकजना युवक नदीमा डुबे। स्थानीय सूत्र अनुसार युवकको नाम प्रितम दास (21) हो।

युवकका काकाको छोरा मुकुल दासले बताए, उनको घर हरिपालको नारायणपुर गाउँमा छ। गाउँमा आगामी मंगलवार काली पूजा छ जसको आयोजन प्रितमको अगुवाईमा पूजा समितिले गरिरहेको थियो। लगभग डेढ़ महिनापूर्व प्रितमले कोलकातामा एउटा नोकरी पाएका थिए। पूजापूर्व आइतवार प्रतिम गंगा स्नानपछि गंगाजल लिएर फर्किने योजना थियो। यसै अनुरूप उ बिहान 5 बजेको ट्रेनमा हरिपालदेखि शेवड़ाफुली पुगे, तर गंगा स्नान अवधि उ पानीमा डुब्यो।

युवक डुबेको खबर पाएर शेवड़ाफुली पुलिस चौकीको पुलिस घटनास्थलमा पुग्यो। आपदा प्रबन्धन विभागलाई पनि सूचित गरियो। त्यसपछि स्पीडबोट लिएर गंगामा युवकलाई खोज्न शुरू गरियो। घटनाको खबर पाएर युवकको परिवार र गाउँका केही मानिसहरू हरिपालदेखि सेवड़ाफुली घाटमा पुगे। यो समाचार लेखुञ्जेलसम्म पनि युवकको खोजी कार्य जारी थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande