सिलगढ़ी, 25 मई (हि.स.)। सीमेन्ट लादिएको एउटा लरी अनियन्त्रित भएर सड़क किनार खाल्डोमा पस्यो। यो घटना गए शनिवार अबेर राती सिलगढ़ी-जलपाईगुड़ी राष्ट्रिय राजमार्गको फुलबाड़ी संलग्न जियागञ्ज क्षेत्रमा भएको हो। यस घटनामा चालक एवं सहचालक दुवै भाग्यले बचे जसलाई सामान्य चोट लागेको छ।
सूत्र अनुसार सीमेन्ट लादिएको लरी सिलगढ़ीदेखि जलपाईगुड़ी तर्फ गइरहेको थियो। अचानक लरी अनियन्त्रित भएर जियागञ्ज क्षेत्रमा सड़क किनारमा पल्टियो। घटनाको आवाज सुनेर स्थानीय मानिसहरू दौड़ेर घटनास्थलमा पुगे। स्थानीयहरूले लरीभित्र फसेका चालक अनि सह-चालकलाई बाहिर निकाले। दुवैलाई सामान्य चोट लागेको छ।
घटनाको खबर पाएर फुलबाड़ी हाईवे ट्राफिक आउटपोस्ट औ एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो। एनजेपी थानाको पुलिस घटनाको जाँचमा जुटिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा