उत्तर 24 परगना (हि. स.)। हिजोआज उत्तर 24 परगना औ कोलकातामा प्रचुर मात्रामा नक्कली औषधिहरू जफ्त गरिँदैछ। यसलाई मध्यनजर गर्दै पश्चिम बंगाल स्वास्थ्य विभाग अन्तर्गत औषधि नियन्त्रण निदेशालयद्वारा थोक व्यापारीहरूको लागि एक परामर्श जारी गरिएको छ।
यो परामर्श औषधि खरिदको प्रमाणिकता बनाउनको लागि गरिएको हो। थोक विक्रेताहरूले यो सुनिश्चित गर्नुपर्छ, उनीहरूले औषधि खरिद गर्दा मूल कम्पनीको चार्टर्ड फाइनेन्शियल एनालिस्टदेखि शुरू भएर उचित वितरण च्यानलहरूबाट खरिद गरिएको तथा शोक विक्रेताहरूलाई औषधि बेच्ने विक्रेताहरूको लाइसेन्सको वैधतालाई विभिन्न राज्यहरूको अनलाइन लाइसेन्स पोर्टलमा जाँच्नुपर्छ साथै राज्य बाहिरका वितकरहरूको लागि यसको जानकारी पश्चिम बंगाल ड्रग कन्ट्रोल विभागलाई पठाउनुपर्छ यस अतिरिक्त राज्य बाहिर रहेका थोक विक्रेताहरूलाई भुक्तान गर्दा यो जाँच्नु आवश्यक छ कि ब्यांक खाता सम्बन्धित लाइसेन्सधारी फर्मको नाममै होस्।
थोक विक्रेताहरूले अनिवार्य रूपमा जीएसटी नम्बरको जाँच गर्नुपर्छ अनि यो सुनिश्चित गर्नुपर्छ कि सम्बन्धित फर्मले जीएसटी क्रेडिट लिरहेको छ तथा सबै थोक विक्रेताहरूले अनिवार्य रूपमा ती 300 सय औषधिहरूको क्यूआर (QR) कोडको जाँच गर्नुपर्छ जुन सेड्युल एच-2 (H-2)-मा सामेल छ। नियम अनुसार यी औषधिहरूको बारकोड वा क्यूआर कोड लगाउन अनिवार्य छ। सबै खुदरा विक्रेताहरूले पनि यी 300 सेड्युल एच-2 औषधिहरूको क्यूआर कोड लगाउन अनिवार्य छ। सबै खुदरा विक्रेताहरूले पनि यी 300 सेड्युल एच-2 औषधिहरूको क्यूआर कोडको जाँच थोक विक्रेताहरूबाट खरिद गर्नपूर्व अनिवार्य रूपमा गर्नुपर्छ।
गत अप्रेल महिनामा केन्द्रिय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)-ले विभिन्न औषधिहरूको राष्ट्रिय स्तरमा स्याम्पल टेस्ट गरेको थियो जसमा 196 औषधिहरू गुणस्तर मानकमा खरो उत्रिन सकेन। हालैमा भएको छापामारीमा टीटागढ़, मालदा, उत्तर 24 परगनाका कतिपय स्थानहरूमा प्रचुर मात्रामा नक्कली औषधि तथा निम्न गुणस्तरको औषधिहरू भेटिएको थियो। अधिकारीहरूको मान्यता छ, नक्कली औषधिहरूको जरा बिहार र उत्तर प्रदेशसित जोड़िएको हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा