होजाई (असम), 25 मई (हि.स.)। डबका थाना अधिनस्थ डबका नाला क्षेत्रबाट एकजना मौलानालाई नाबालिकसित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ।
पुलिसले आइतवार बतायो, आरोपी मौलानाको पहिचान उदाली निवासी अली अहमदको रूपमा भएको छ। स्थानीय मानिसहरूले अली अहमदलाई घटना भइरहँदा ठाउँबाटै समातेर पुलिसलाई सुम्पिदिए।
हाल डबक पुलिसले आरोपीलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। स्थानीय मानिसहरूले मौलाना जस्तो प्रतिष्ठित पदमा बसेको व्यक्तिद्वारा गरिएको यस्तो घिनलाग्दो कृत्यको निन्दा गर्दै आरोपीलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा