हुगली, 25 मई (हि. स.)। हुगली जिल्लामा श्रीरामपुर थानान्तर्गत सुर्खीतला घाटमा आइतवार दुईजना किशोरीहरू सहित तीजना मानिसहरू पानीमा डुबे।
प्राप्त जानकारी अनुसार श्रीरामपुर नगरपालिकाको 21 नम्बर वार्डस्थित शीतलातला क्षेत्र निवासी किशोरीद्वय अञ्जली महतो (13) र निशा राय (17) सुर्खितला घाटमा नुहाउने क्रममा डुबिरहेको देखेर रोहन प्रसाद (17) नामक युवकले उनीहरूलाई बचाउन नदीमा हाम फाले। तर तीनैजनालाई पानीको तीव्र प्रहावले बगाएर लग्यो।
स्थानीय मानिसहरूले श्रीरामपुर नगरपालिकाको वार्ड नम्बर -21 की वार्षद शान्ता गांगुलीलाई सूचना दिए। त्यसपछि आपदा प्रबन्धन टीमले घटनास्थलमा पुगेर डुबेका किशोर-किशोरीहरूलाई खोज्न शुरू गऱ्यो। यो समाचार लेखुञ्जेलसम्म पनि खोजी जारी थियो। घटनास्थलमा रिषड़ा नगरपालिकाका चेयरम्यान विजय सागर मिश्रा, पार्षद पार्थ सारथी गुप्ता औ पुलिस सहित मानिसहरूको भीड़ एकत्र भएको छ।
उल्लेखनीय छ, 25 अक्टोबर, 2023-मा पनि यसै घाटमा नुहाउन गएकी पिता-पुत्रको मृत्यु भएको थियो जसपश्चात ठूलो बबाल भएको थियो। तर स्थानीय प्रशासनले त्यसबेला पनि कुनै पाठ सिकेन। स्थानीयहरूको भनाइ छ, यदि प्रशासनले वर्ष 2023-मा घटित घटनाबाट पाठ सिकेको भए आज दुईजना किशोरीहरू र एकजना किशोर नदीमा डुब्दैनथिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा