कछार (असम), 25 मई (हि.स.)। पुलिसले मणिपुरको चुराचाँदपुरबाट आइरहेको एक फोर्ड ईकोस्पोर्ट टाइटेनियम वाहनबाट 1.239 किलोग्राम हेरोइन जफ्त गरेको छ। साथै पुलिसले कार सवार तीनजना मानिसहरूलाई तस्करीको आरोपमा पक्राउ गरेको छ।
आइतवार कछार पुलिस मुख्यालयमा आयोजित एक सम्वाददाता सम्मेलनमा पुलिस अधीक्षकले यस कारबाही बारे जानकारी गराउँदै भने, विश्वसनीय गुप्त सूचनामा कछार पुलिस तथा स्पेशल टास्क फोर्स (एसटीएफ)-ले सिलचरको सोनाबारी घाट क्षेत्रमा विशेष अभियान संचालन गऱ्यो।
यस अभियान अवधि पुलिसले मणिपुरको चुराचाँदपुरबाट आइरहेको एउटा फोर्ड ईकोस्पोर्ट टाइटेनियम वाहनलाई रोकेर जाँचगऱ्यो जसमा कारभित्र बनिएको एक गुप्त च्याम्बरबाट पुलिसले 105 वटा साबुनका डब्बाहरूमा लुकाएर राखिएको 1.239 किलोग्राम हेरोइन जफ्त गऱ्यो जसको कालो बजारमा अनुमानित मूल्य लगभग 6.5 करोड़ रुपियाँ छ।
त्यसपछि पुलिसले कार सवार मणिपुरको चुराचाँदपुर तुइबोंग निवासी चिनलाम, भेला, बरपेटा, असम निवासी मोहामदा उपनाम अबेम औ भेला, बरपेटा, असम निवासी शाहरुख अलीलाई पक्राउ गऱ्यो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा