लखनऊ- कैसरबाग बसअड्डामा वकिलहरूको गुटमा फायरिंग, दुई घाइते
लखनऊ- कैसरबाग बसअड्डामा वकिलहरूको गुटमा फायरिंग, दुई घाइते


लखनऊ, 25 मई (हि.स.)। वजीरगञ्ज थाना क्षेत्रस्थित कैसरबाग बसअड्डास्थित वर्कशप नजिक गए शनिवार राती फायरिंग भयो जसमा दुईजना मानिसहरू घाइते भए। पुलिसको भनाइ छ, पुरानो शत्रुताको कारणले रेजीडेन्सी छेउ अधिवक्ता च्याम्बरमा वकिलहरूको दुई गुटमाझ गोली चलेको छ। घाइतेहरूलाई ट्रामा सेन्टरमा भर्ती गरिएको छ।

पुलिस उपायुक्त पश्चिम विश्वजीत श्रीवास्तवले आइतवार बताए, पुलिस जाँचमा थाहा लागेको छ कि दुईजना युवकहरूलाई गोली लागेको छ जसमा अधिवक्ता कुँवर अम्बिका सिंह र साकिब हसन सामेल छन्। दुवैको ट्रामा सेन्टरमा उपचार भइरहेको छ। कुँवर अम्बिका सिंह गए राती कैसरबाग बसअड्डाको वर्कशप तिराहामा रेजीडेन्सी नजिक आफन्त दिलीप सिंहको च्याम्बरमा बसेका थिए।

सोही समय मलिहाबाद निवासी अधिवक्ता साकिब हसन आफ्ना साथीहरूसित त्यहाँ आए अनि तिनीसित झगड़ा गर्न थाले। दुईबीच पुरानो विवाद थियो। अन्ततः मामिला फायरिंगसम्म पुग्यो। यसमा दुवै घाइते भए। सिकायतको आधारमा अग्रिम कारबाही गरिनेछ। पुलिसले घटनास्थल वरपरका सीसीटीभी फुटेजको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande