- दुईजना बाइक सवारको घटनास्थलमै मृत्यु
नगाउँ (असम), 25 मई (हि.स.)। नगाउँ जिल्लामा अवस्थित 36 नम्बर राष्ट्रिय राजमार्गमा गए शनिवार राती अलग-अलग क्षेत्रमा भएको सड़क दुर्घटनामा परी तीनजना मानिसहरूको मृत्यु भयो।
पुलिसले आइतवार बतायो, पहिलो दुर्घटना कठियातली रंगबेंग क्षेत्रमा भएको हो जहाँ हाईवे किनारमा बिसाएको एउटा ट्रकसित द्रूत गतिको एउटा पल्सर बाइक ठोक्कियो। यस घटनामा बाइक सवार दुई युवकहरूको घटनास्थलमै मृत्यु भयो जसको पहिचान डबका चांगमाजिर गाउँका निवासी उत्पल तकबी औ हेमरिन तेरनको रूपमा भएको छ।
अर्को दुर्घटना रांगलु क्षेत्रमा भएको हो जहाँ एकजना व्यक्तिले आफ्नो वाहनलाई राखेर बजार जानको लागि हाईवे पार गरिरहेको थियो। अचानक एउटा द्रूत गतिको वाहनले उसलाई कुल्चियो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। हाल मृतकको पहिचान हुन सकेको छैन। पुलिसले दुवै मामिलाको जाँच शुरू गरेको छ। दुर्घटनापछि क्षेत्रमा त्राष व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा