पीएम मोदीले 'मन की बात' मा डा छेवाङ नर्बु भोटियाको कार्यको प्रशंसा गरे, मुख्यमन्त्रीले दिए बधाई
पीएम मोदीले 'मन की बात' मा डा छेवाङ नर्बु भोटियाको कार्यको प्रशंसा गरे


गान्तोक, 25 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मासिक रेडियो कार्यक्रम 'मन की बात' मा सिक्किमका डा. छेवाङ नर्बु भोटियाको नाम उल्लेख गर्दै उनको कार्यको प्रशंसा गरेकोमा डा. भोटियालाई हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा डा. भोटियालाई बधाई दिएका छन्। उनले सिक्किमको समृद्ध बुनाई परम्परा र दिगो अभ्यासहरूमा निहित ब्रान्ड 'क्राफ्टेड फाइबर्स' सँग उनको प्रेरणादायी यात्रा हामी सबैको लागि गर्वको क्षण रहेको बताएका छन्।

यो राष्ट्रिय मान्यताले डा. भोटियाको समर्पणलाई मात्र सम्मान गर्दैन, तर सिक्किमको सांस्कृतिक सम्पदा र उद्यमशीलताको भावनाको पनि खुशी मनाउँछ भनी उनले बताएका छन्। मुख्यमन्त्रीले डा. भोटियाको कथाले हाम्रो स्वदेशी शिल्पको संरक्षण र प्रवर्द्धन गर्न धेरैलाई प्रेरित गरिरहन सकोस् भनी शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande