प्रधानमन्त्रीको आगामी सिक्किम भ्रमणको सफलताको निम्ति राज्यव्यापी रूपमा प्रार्थना सम्पन्न
प्रधानमन्त्रीको आगामी सिक्किम भ्रमणको सफलताको निम्ति राज्यव्यापी रूपमा प्रार्थना सम्पन्न


गान्तोक, 25 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका कार्यकर्ताहरूले आज राज्यभरका विभिन्न गुम्पा, मन्दिर, माङ्खिम, माङ्घिम, चर्च र मस्जिदहरूमा पवित्र प्रार्थना समारोह आयोजना गरे। यो आध्यात्मिक पहल सिक्किमको पवित्र भूमिमा प्रधानमन्त्री नरेन्द्र मोदीको सहज र अर्थपूर्ण भ्रमणका लागि गरिएको भाजपा सिक्किमले बताएको छ।

प्रदेश भाजपा मिडिया प्रभारी निरेन भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, राष्ट्रका प्रधान सेवकलाई स्वागत गर्न पश्चिम सिक्किमका प्राचीन गुम्पाहरूदेखि दक्षिणका शान्त मन्दिरहरूसम्म, किरातीहरूको भावपूर्ण माङ्खिमहरूदेखि लिम्बू समुदायका विनम्र माङ्घिमहरूसम्म, चर्चहरूको गुञ्जायमान घण्टीहरूदेखि मस्जिदहरूमा शान्तिपूर्ण प्रार्थनाहरूसम्म, सिक्किमको हरेक कुना एउटै भावनाले गुन्जयमान बन्यो।

सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीमा प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण अत्यन्तै गर्व र ऐतिहासिक महत्त्वको क्षण रहेको प्रदेश भाजपाले बताएको छ। यो भारतीय संघभित्र पाँच दशकभन्दा बढी सिक्किमको यात्राको उत्सव मात्र होइन, तर विकसित भारतभित्र विकसित सिक्किमप्रतिको प्रतिबद्धताको पुन: पुष्टिकरण पनि रहेको प्रदेश भाजपाले उल्लेख गरेको छ।

भाजपा सिक्किमले आज आयोजित आध्यात्मिक उत्सवहरूले जनताको कृतज्ञता, सिक्किमको निरन्तर प्रगतिको लागि आशा र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उनीहरूको अटल विश्वासलाई प्रतिबिम्बित गर्दछ भनी बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande