प्रधानमन्त्रीको सिक्किम भ्रमणको तयारी युद्धस्तरमा, मकड्रील सम्पन्न
प्रधानमन्त्रीको सिक्किम भ्रमणको तयारी युद्धस्तरमा, मकड्रील सम्पन्न


गान्तोक, 25 मई (हि.स.)। आगामी 29 मईको दिन देशका प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणलाई लिएर तयारीलाई युद्धस्तरमा चलिरहेको छ। यसै क्रममा आज सिक्किम सरकारको ग्रामीण विकास विभागका मन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सेक्रेटरी जेनरल अरुण कुमार उप्रेतीको नेतृत्वमा गान्तोकमा मकड्रिल कार्यक्रम आयोजना गरियो।

प्रधानमन्त्रीको सिक्किम भ्रमणमा कुनै बाधा उत्पन्न नहोस् भन्ने सुनिश्चित गर्न मकड्रिल आयोजना गरिएको बताइएको छ। यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय जेकब खालिङ र विकास बस्नेत, मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा लगायत अन्यहरूको उपस्थिति रहेको थियो।

उल्लेखनीय छ, सिक्किम राज्यले आफ्नो स्थापनाको 50औं वर्ष पूरा गरेको छ। राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह अन्तर्गत वर्षभरि कार्यक्रम आयोजना गरिने भएको छ। अर्कोतिर, प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम आगमनको अवसरमा राजधानीस्थित पाल्जोर स्टेडियममा भव्य कार्यक्रम आयोजना गरिने छ। प्रधानमन्त्रीले उक्त दिन विभिन्न पूर्वाधारहरूको भर्चुअल माध्यमद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande