- प्रधानमन्त्री मोदीको गतिशील नेतृत्वमा पूर्वोत्तर क्षेत्रमा अभूतपूर्व विकास भएको छ: मुख्यमन्त्री
गान्तोक, 25 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आयोजित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकमा भाग लिए। बैठकमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रिय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य केन्द्रिय मन्त्रीहरू, एनडीए शासित राज्यहरूका मुख्यमन्त्रीहरू र एनडीए घटक दलहरूका वरिष्ठ नेताहरू पनि उपस्थित थिए।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा केन्द्र सरकारले विशेष गरी कोभिड-19 महामारी र प्राकृतिक प्रकोप जस्ता संकटको समयमा दिएको समर्थन र मार्गदर्शनको लागि प्रधानमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले प्रधानमन्त्रीको नेतृत्वलाई 'साँच्चै अनुकरणीय' भनेर प्रशंसा गरे।
2014 देखि उत्तर-पूर्वी क्षेत्रको रूपान्तरणलाई प्रकाश पार्दै मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीको गतिशील नेतृत्वमा यस क्षेत्रमा अभूतपूर्व विकास भएको बताए। उनले केन्द्रिय मन्त्रीहरूको नियमित भ्रमणले हाम्रो क्षेत्रको प्रगतिप्रति केन्द्रको इमान्दार प्रतिबद्धतालाई दर्साउॅंछ भनी बताए।
उनले पहिले केवल राजनीतिक मञ्चको रूपमा देखिने उत्तर-पूर्व अब विकासको केन्द्रको रूपमा देखा परिरहेको बताए। उनले सिक्किम राज्यले विभिन्न क्षेत्रहरूमा गरेका उल्लेखनीय प्रगतिको पनि उल्लेख गरे।
सिक्किमले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको बताउॅंदै मुख्यमन्त्रीले प्रधानमन्त्री र वरिष्ठ भाजपा नेतृत्वलाई उनीहरूको निरन्तर सद्भाव र समर्थनका लागि विशेष धन्यवाद दिए। उनले एकता र सहकार्यमा जोड दिँदै अझ उचाइ र साझा सफलताको लागि प्रयासरत रहिरहन र सँगै अगाडि बढिरहन आह्वान गरे।
हिन्दुस्थान समाचार / बिशाल