वर्षापछि जलभराउलाई लिएर आआप र भाजपाले गरे एका-अर्कामाथि प्रहार
वर्षापछि जलभराउलाई लिएर आआप र भाजपाले गरे एका-अर्कामाथि प्रहार


नयाँ दिल्ली, 25 मई (हि.स.)। दिल्लीमा गए शनिवार अबेर राती भएको घना वर्षापछि विभिन्न स्थानहरूमा सृजित जलभराउको समस्यालाई लिएर आम आदमी पार्टी (आआप) र भारतीय जनता पार्टी (आजपा)-ले एका-अर्कामाथि प्रहार गरे।

आम आदमी पार्टी नेता औ पूर्व मुख्यमन्त्री आतिशीले दिल्लीका विभिन्न स्थानहरूको जलभराउको तस्वीर अनि भीडियो एक्समा पोस्ट गर्दै दिल्ली सरकारलाई लक्षित गरिन्। उनले पोस्टमा लेखिन्, आज 2025-मा देशको राजधानी दिल्लीको यो अवस्था भएको छ। हावा-बतास वा वर्षा हुनसाथ घण्टौंसम्म बिजुली सर्वराह ठप्प हुन्छ यो हो भाजपाको चार इञ्जनको सरकार …।

यसको जवाफमा दिल्ली भाजपाले एक्समा पोस्ट गर्दै दिल्लीमा सृजित जलभराउको लागि आआप सरकार अनि अरविन्द केजरीवाललाई जिम्मेवार ठहराएको छ। दिल्ली भाजपाले भन्यो, आतिशी जुन जलभराउको समस्या देखिँदैछ त्यो सबै केजरीवालको दश वर्षको बेकामेपन हो…जसलाई उनले पछिल्लो धेरै वर्षदेखिकै झुटो बोलेर वा झुटो प्रचार गरेर ढाक्ने प्रयास गरिरहे। यसै त यो कुरा तपाईलाई पनि थाहा छ, दिल्ली अब सही हातमा परेको छ र भाजपाको दिल्ली सरकारले दिल्लीलाई दिलवालाहरूको दिल्ली अवश्य बनाउनेछ। दिल्लीको भाजपा सरकारले यहाँको हरेक समस्यालाई जरैदेखि निर्मूल पार्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande