बांदाः ग्यांगरेपको आरोपमा फसाइएकोले क्षुब्ध युवकले विषपान गरेर आत्महत्या गरे
बांदाः ग्यांगरेपको आरोपमा फसाइएकोले क्षुब्ध युवकले विषपान गरेर आत्महत्या गरे


बांदा, 25 मई (हि.स.)। नरैनी शहरमा आइतवार बिहान ग्यांगरेपको एक मामिलामा फसाइएकोले क्षुब्ध भएका आदर्श शुक्ल नामक युवकले विषालु पदार्थ सेवन गरे।उसको स्थिति बिग्रिँदै गएपछि परिवारले उसलाई अस्पतालमा पुऱ्यायो जहाँ उपचारको क्रममा उसको मृत्यु भयो।

घटना नरैनी थाना क्षेत्रको शंकर बज़ारमा भएको हो। जानकारी अनुसारयसै क्षेत्रमा बस्ने एकजना युवतीले गत 11 मई, 2025-मा शहरका तीनजना युवकहरूमाथि ग्यांगरेपको आरोप लगाएकी थिई। पुलिसले जाँचको आधारमा दुईजना आरोपीहरू क्रमैले अंकित र बाबूलाई पक्राउ गरेर जेलमा थुनिसकेको थियो भने तेस्रो युवक आदर्श शुक्ला (20) जो पीड़िताको छिमेकी पनि थियो, माथि पनि आरोप लगाइएको थियो।

परिवार अनुसार आदर्शले लगातार भनिरह्यो कि उ निर्दोष छ, युवतीले उसलाई झुटो आरोपमा फसाइरहेकी छे। उ मानसिक रूपमा ठूलो दबावमा थियो र पुलिस समक्ष पनि आफू निर्दोष भएको कुरा उसले बताइसकेको थियो।

तथापि युवतीले उमाथि लगातार दबाव दिरहेको कारणले उ क्षुब्ध र भयभित भएको थियो। अन्ततः आइतवार बिहान उसले घरमा विष सेवन गऱ्यो।

अप्पर पुलिस अधीक्षक शिवराजले बताए, करैनी थाना क्षेत्रमा एकजना युवतीले दुष्कर्मको मामिला दर्ता गराएकी थिई जसमा दुीजना आरोपीलाई जेल पठाइसकिएको छ भने तेस्रो युवकमाथि पनि युवतीले बयान तथा प्रार्थना पत्रको माध्यमबाट आरोप लगाएकी थिई। आइतवार उसको मृत्यु भएको छ। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। रिपोर्ट आएपछि परिवारको सिकायतको आधारमा कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande