हुगली, 25 मई (हि.स.)। तारकेश्वर श्रावणी मेलाको आयोजनलाई लिएर गए शनिवार अपरान्ह सिंगुरमा एक प्रशासनिक बैठक सम्पन्न भयो। बैठकपछि राज्यका मन्त्री बेचाराम मन्नाले बताए, तारकेश्वरमा आगामी श्रावणी मेला-2025 को तयारीको लागि जिल्ला प्रशासनले सुरक्षा एवं सुविधाहरूलाई लिएर व्यापक व्यवस्था गरेको छ। हुगली जिल्ला प्रशासन तथा राज्य सरकारले हालैमा प्रयागराजको कुम्भ मेला-2025 मा भएको दुर्घटनाबाट पाठ सिकेर केही सक्रिय कदमहरू उठाएको छ ताकि तिर्थ यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न सकियोस् एवं मेलाको आयोजन सुगम होस्।
मन्त्रीले बताए, वैद्यबाटी-तारकेश्वर सड़कमा 35 वटा फलामको लक केट बनाइनेछ। सड़कमा विभिन्न स्थानहरूमा सीसीटीभी क्यामरा जड़ान गरिँदैछ ताकि निगरानी सशक्त होस्। सम्पूर्ण मार्गमा अतिरिक्त 25 वटा एम्बुलेन्सलाई तैनाथ गरिनेछ। टोटो र बाइक एम्बुलेन्सको पनि व्यवस्था हुनेछ। प्रत्येक निकटवर्ती ग्राम पञ्चायतमा एउटा एम्बुलेन्स उपलब्ध गराउने अनुरोध गरिएको छ। सड़कमा पर्याप्त प्रकाशको व्यवस्था गरिनेछ ताकि राती तिर्थयात्रीहरूलाई कुनै असुविधा नहोस्। मोबाइल र सञ्चार सेवाहरूमा सुधार ल्याउनको लागि दूरसंचार विभागलाई आवेदन दिइएको छ।
साइबर अपराध जागरूकता एवं सामुदायिक पुलिसिंगको लागि पुलिसको टीम तैनाथ रहनेछ। अग्निशमन विभागको उपस्थिति पनि सुनिश्चित गरिनेछ। रातभरि लोकल ट्रेनहरूलाई संचालनमा राख्ने अनि कमरकुण्डुदेखि बर्दवानसम्म एक विशेष ट्रेनलाई संचालन गर्ने अनुरोध पूर्व रेलवेसित गरिएको छ। सड़कहरूमा सुधार एवं जल निकासी प्रणालीलाई व्यवस्थित बनाइनेछ। गंगा घाटहरूको सेवालाई पनि विकसित गरिनेछ। मेलापूर्व एउटा अनलाइन गाइड लाइन म्याप लञ्च गरिनेछ जसमा वैद्यबाटीदेखि तारकेश्वरसम्मका सुविधा तथा आवश्यक फोन नम्बरहरूको जानकारी हुनेछ। सामान दान गर्ने संस्थाहरूले खण्ड कार्यालयबाट अनलाइन अनुमति लिनुपर्नेछ।
सिंगुरमा आयोजित उच्च स्तरीय बैठकमा हुगली जिल्ला म्याजिस्ट्रेट मुक्ता आर्य, पुलिस अधीक्षक कामनिश सेन, राज्य मन्त्री बेचाराम मन्ना औ अन्य विधायकगण तथा अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा तारकेश्वर मन्दिर प्राधिकरण, अग्निशमन, स्वास्थ्य, बिजुली तथा पीएचई विभागका प्रतिनिधिहरू पनि उपस्थित थिए। उल्लेखनीय छ, पछिल्लो वर्ष 25 लाख तिर्थयात्रीहरूले तारकेश्वर मन्दिरमा चल चढ़ाएका थिए भने यस वर्ष अझ भीड़ बढ़्ने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा