-पुलिसको भूमिकालाई लिएर उठिरहेको छ प्रश्न
मेदिनीपुर, 25 मई (हि.स.)। पश्चिम मेदिनीपुरको पांशकुड़ा क्षेत्रस्थित एउटा गाउँबाट अचानक पुरूषहरू हराए। गाउँ अब बाल-बालिका र महिलाहरू मात्र छन्। यस्तो असामान्य दृश्य एकजना नाबालिक छात्रको आत्महत्यापछि देखिएको छ जसलाई चिप्स चोरीको आरोपमा अपमानित गरिएको थियो।
गाउँको चारैतिर सुनसान छाएको छ। मृतककी आमाले बताइन्, ज-जसले हाम्रो पक्षमा आवाज उठाए, उनीहरू सबै डरले गाउँ छोड़ेर भागेका छन्। किनभने पुलिसद्वारा सबैलाई धम्की दिइएको छ। यसकारणले पनि कि छात्रलाई अपमानित गर्ने व्यक्ति एकजना सिभिक भोलन्टियर हुन्। त्यसैले गाउँमा बस्ने साहस कसैले गरिरहेका छैनन्। अब मैले पनि थानामा पुगेर सिकायत गर्ता गराउन सकिरहेको छुइनँ।
गए बिहीवार राती मृतकको शव गाउँमा ल्याउँदा आक्रोशित भीड़ले स्थानीय पसल मालिकको घरमा हमला गऱ्यो जुन व्यक्ति पेशाले सिभिक भोलन्टियर हुन्। यसै हमलाको आरोपमा पुलिसले गाउँका केही पुरूषहरूको नामको सूची बनाएको छ। मामिला दर्ता हुनसाथ गाउँका अधिकांश पुरूषहरू घर छोड़ेर भागिसकेका छन्।
हमलाको मामिलामा स्थानीय श्यामचरण भुइँया उपनाम ‘जमाई’- को नाम पनि सूचीबद्ध भएको छ जसमाथि आरोप छ, उसले नै मृतकलाई चोर भन्दै अपमानित गरेका थिए साथै उसकी आमालाई पसलमा बोलाएका थिए।त्यसपछिदेखि भुइँया पनि बेपत्ता भएका छन्। तथापि भुइँयाका छोराले बताए, मेरा पिता र त्यस परिवारबीच मधुर सम्बन्ध थियो। उनले सम्झाउनको लागि मात्र कुरा गरेका थिए।
सिभिक भोलन्टियरका पिताले पुलिसमा सिकायत दर्ता गरी आरोप लगाएका छन्, भीड़ले उनकी बुहारीमाथि कुटपिट गर्नको साथै अश्लील व्यवहार पनि गऱ्यो। तर गाउँको भनाइ छ, यो आरोप झुटो हो। स्वयं पीड़िताले मीडियालाई बताएकी थिइन्, तिनी र परिवारका अन्य सदस्यहरू हमला हुँदा ढोका बन्द गरेर घरभित्र बसेका थिए। तिनले हमलाको कुरालाई अस्वीकार गरेकी थिइन्। यद्यपि तिनले ‘जमाई’-ले चोर भनेकोमा दुःख व्यक्त गरेकी थिइन्।
पुलिसले यस मामिलामा अहिलेसम्ममा छःजना मानिसहरूलाई पक्राउ गरिसकेको छ भने अन्य भागेका छन्। छात्रलाई अपमानित गर्ने सिभिक भोलन्टियर पनि भागेका छन्, तर पुलिसलाई उसलाई खोज्ने कष्ट समेत गरेको छैन। सिभिक भोलन्टियरका पिताको सिकायतमा 16 जना मानिसहरूको नाममा एफआईआर दर्ता गरिएको छ भने लगभग सयजना अज्ञात मानिसहरूलाई पनि आरोपी बनाइएको छ। भारतीय दण्ड संहिताको 14 वटा धाराहरूमा मुद्दा दर्ता गरिएको छ।
स्थानीय व्यवसायी मिहिर गुचैतले फोनमा बताए, म र मेरो छोरा त्यो परिवारलाई बचाउन गएका थियौं, तर उल्टै हामीलाई मामिलामा फसाइयो। मेरो छोरालाई पक्राउ गरिएको छ। यी सबै आरोपहरू आधारहीन छन्।
मृतक परिवारले पुलिसमाथि पक्षबात गरेको आरोप लगाएको छ। मृतककी आमाले भनिन्, मेरो छोरालाई चोर भन्ने सिभिक भोलन्टियर नै असली अपराधी हो। तर पुलिसले उसैलाई सुरक्षा दिरहेको छ। हाम्रो गाउँलाई भने झुटो मुद्दामा फसाइरहेको छ।
छिमेकका गाउँहरू पनि पुलिसको कारबाहीदेखि असन्तुष्ट छन्। एकजना ग्रामीणले बताए, जुन कारणले छात्रले आत्महत्या गऱ्यो, पुलिसले उसैको समर्थनमा कारबाही गरिरहेको छ। आम निर्दोष मानिसहरूलाई लक्षित गरिरहेको छ। यस्तो लाग्छ, पुलिसलाई छात्रको ज्यानभन्दा सिभिक भोलन्टियरको प्रतिष्ठाको परवाह छ। पाँश्कुड़ा थानका आईसी समर डेले यी आरोपहरूलाई पूर्ण रूपले खारेज गर्दै भने, पक्राउ गरिएका मानिसहरूविरूद्ध पर्याप्त प्रमाण छ।
गए शनिवार भाजपाकी स्थानीय पञ्चायत प्रमुख मिता बेसरा सोरेन मृतक छात्रको घरमा पुगिन्। उनले भनिन्, झूटो मुद्दाको डर देखाएर गाउँका मानिसहरूलाई भाग्न बाध्य बनाइरहेको छ। पीड़ित परिवार एक्लो भएको छ। हामी उनीहरूको साथमा छौं र दोषीहरूलाई सजाय दिलाउने माग गर्दछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा