असमको हवाई सम्पर्कले पाउनेछ नयाँ आयाम, सिलचर ग्रीनफिल्ड एयरपोर्टमा चाँड़ै काम शुरू हुनेछ
असमको हवाई सम्पर्कले पाउनेछ नयाँ आयाम, सिलचर ग्रीनफिल्ड एयरपोर्टमा चाँड़ै काम शुरू हुनेछ


गुवाहाटी, 26 मई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले नागरिक उड्डयन मन्त्री राम मोहन नायडु किन्जारापुसित एक महत्वपूर्ण बैठक गरे। बैठकमा पूर्वोत्तर भारतमा हवाई सम्पर्क तथा पूर्वाधार विस्तारमाथि विस्तृत चर्चा गरियो।

उक्त आशयको जानकारी गराउँदै मुख्यमन्त्री सरमाले बताए, सिलचरको ग्रीनफिल्ड एयरपोर्टकोकाम यसै वर्ष शुरू हुने सम्भावना छ। साथै रूपसी हवाईअड्डालाई विस्तार गर्ने आश्वासन पनि केन्द्रिय मन्त्रीले दिएका छन्।

डा. सरमाले बताए, जोरहाट, डिब्रुगढ़ तथा सिलचरलाई चाँड़ै नै देशका अन्य धेरैवटा शहरहरूसित हवाई सेवाको माध्यमबाट जोड़िनेछ। यसबाट क्षेत्रको आवागमन र आर्थिक विकासले गति पाउनेछ।

उनले यो पनि भने, पूर्वोत्तरमा उड़ान योजनालाई अधिक प्रभावशाली, जीवन्त तथा टिकाऊ बनाउने प्रयास गरिनेछ ताकि पहिलो पटक हवाईयात्रा गर्ने अधिकभन्दा अधिक मानिसहरू यस योजनाबाट लाभान्वित हुन सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande