गुवाहाटी/नयाँ दिल्ली, 26 मई (हि.स.)। 'असम इलेक्ट्रनिक्स राउण्डटेबल- 2025'- को आयोजन राजधानी दिल्लीको होटल ताज प्यालेसमा शुरू भयो। यस आयोजनमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले उद्योग जगतका मुख्य नेताहरूसित संवाद गरिरहेका छन्।
मुख्यमन्त्री डा. सरमाको उद्देश्य असमलाई सेमीकण्डक्टर, इलेक्ट्रनिक्स कमोपोनेन्ट्स म्यान्युफ्याक्चरिंग सर्भिस (ईसीएमएस) औ इलेक्ट्रनिक्स सेक्टरको क्षेत्रमा तीव्र गतिमा अघि बढ़ाउनु हो। यस पहललाई राज्यमा निवेश, टेक्नोलजी ट्रान्सफर एवं रोजगारका नयाँ अवसरहरू सृजन गर्ने दृष्टिकोणले महत्वपूर्ण मानिँदैछ।
यस राउण्डटेबलको माध्यमबाट असमलाई 'ईस्टर्न इलेक्ट्रनिक्स हब'- को रूपमा विकसित गर्ने दिशामा महत्वपूर्ण कदम उठाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा