कोलकाता, 26 मई (हि.स.)। शिक्षक भर्ती घोटाला तथा योसित सम्बन्धित पक्राउको कारणले गुमाएको प्रतिष्ठालाई पुनः प्राप्त गर्ने प्रयास अन्तर्गत तृणमूल कंग्रेसले एउटा कड़ा कदम उठाएको छ। पार्टीका शीर्ष नेतृत्वले अब सबै स्तरका नेताहरूलाई स्पष्ट निर्देश दिएका छन्, उनीहरूले कुनै पनि निजी संस्था वा नगर निकायमा नियुक्तिहरूको लागि राजनीतिक सिफारिस नगरून्।
पार्टीले यो निर्देश सोझो रूपमा आफ्नो छविलाई बचाउनको लागि दिएको हो जुन हालका वर्षहरूमा भर्ती घोटालाको कारणले नराम्रो गरी प्रभावित भएको छ। पूर्व शिक्षामन्त्री पार्थ च्याटर्जी अहिले पनि जेलभित्रै छन् भने तृणमूल विधायक माणिक भट्टचार्य र जीवनकृष्ण साहा पनि लामो समयसम्म हिरासतमा रहिसकेका छन्।
तृणमूल कंग्रेसले निजी कम्पनीहरूमा नियुक्तिको लागि सिफारिस गर्नदेखि मात्र सतर्क गराएको छैन जबकि नगरपालिका र ठेका एजेन्सीको मामिलामा पनि कुनै नेता, मेयर, चेयरम्यान, काउन्सिलर वा पञ्चायत प्रतिनिधिलाई कुनै प्रकारको हस्तक्षेप नगर्ने स्पष्ट निर्देश जारी गरेको छ।
पार्टीका एकजना वरिष्ठ नेताले बताए, पछिल्लो केही वर्षभित्रमा यस्ता सिकायतहरू प्राप्त भएको छ कि पार्टी नेताहरूले निजी अनि ठेका एजेन्सीहरूमा आफ्ना मानिसहरूलाई बलजफ्ती भर्ती गराए र धेरैवटा मामिलामा उनीहरूबाट कमिशन पनि असुल गरियो। यस्तो व्यवहारविरूद्ध अब पार्टीले कड़ा नीति अप्नाएको छ।
यद्यपि कतिपय पार्टी नेताहरूको मान्यता छ, यो निर्णय धेरै ढिलो गरी लिइएको छ। उनीहरूको भनाइ छ, वर्ष 2021-मा तेस्रो पटक मुख्यमन्त्री भएदेखि नै भर्ती घोटालासित सम्बन्धित आरोपहरू सामु आउन थालेका थिए, तर त्यसबेला कुनै ठोस कदम उठाइएन।अब जतिबेला विधानसभा चुनाउ नजिकिँदै गइरहेको अवस्थामा विपक्षी दलहरूले यसलाई ठूलो मुद्दा बनाउन सक्छन्, पार्टीले हरेक स्तरमा नियुक्तिहरूदेखि टाड़ा बस्ने प्रयास गरिरहेको छ।
सूत्र अनुसार कोलकाताका केही औद्योगिक क्षेत्रहरूबाट मुख्यमन्त्री समक्ष सिकायतहरू पुगेका थिए, श्रमिक संगठनका केही नेताहरूले फ्याक्ट्रीमा नियुक्ति गर्नको लागि दबाव दिरहेका छन् भने कैयौं पटक पैसा लिएर नियुक्ति पनि गरिसकेका छन्। यस्ता घटनाहरू सामु आइसकेपछि राज्य अध्यक्ष सुब्रत बक्सीको माध्यमबाट सम्बन्धित नेताहरूलाई पहिला नै चेताउनी दिसकिएको थियो जसलाई अब झन् कड़ा रूपमा लागू गरिँदैछ।
पार्टीको शाखा संगठनका प्रमुखले भने, अब कुनै पनि नेताले कुनै पनि नियुक्तिको मामिलामा दबाव दिन सक्ने छैन। यदि कुनै नेताविरूद्ध यस्तो कुनै सिकायत साबित भए उसले सजाय पाउनेछ। अब कुनै एकजना व्यक्तिको गल्तीको दाग पार्टी वा सरकारमाथि लाग्न दिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा