मुख्यमन्त्री रेखा गुप्ताको दिल्लीका झोपड़ीवासीहरूलाई पक्का घर दिने वाचा
मुख्यमन्त्री रेखा गुप्ताको दिल्लीका झोपड़ीवासीहरूलाई पक्का घर दिने वाचा


नयाँ दिल्ली, 26 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज शालीमार बागमा सीवर, ग्यास एवं पानीका पाइप लाइनहरूको उद्घाटन गरिन्। उनले यस अवसरमा राजधानीका झपड़ीवासीहरूलाई पक्का घर दिने वाचा पनि गरिन्।

मुख्यमन्त्री रेखा गुप्ताले आम आदमी पार्टीले व्हाट्स एपको माध्यमबाट झोपड़ीहरूको विध्वंशको बारेमा भ्रम फैलाएको आरोप लगाउँदै अझ भनिन्, दिल्ली सरकारले डीयूएसआईबीको माध्यमबाट झोपड़ीबस्तीको नाली, सड़क, शौचालय, स्नानगर तथा पार्कहरूको लागि बजेटमा 7 सय करोड़ रुपियाँ आवन्टन गरेको छ।

उनले उद्घाटन कार्यक्रममा पत्रकारहरूलाई बताइन्, दिल्ली सरकारके झोपड़ीवासीहरूलाई पक्का घर प्रदान गर्नेछ। जबसम्म घरहरू आवन्टन हुँदैन तबसम्म यिनीहरू आफ्नो सुविधाको लागि आफ्नै झोपड़ीमा सुरक्षित बस्नेछन्। रेखा गुप्ताले भनिन्, पछिल्लो महिना प्रत्येक जलभराउ बिन्दुको लागि अधिकारीहरूको जिम्मेवारी तय गरिएको थियो।

रेखा गुप्ताले भनिन्, हालैमा भएको वर्षामा मिन्टो ब्रिज अण्डरपास डुबेकोमा जवाफदेही अधिकारीहरूविरूद्ध कारबाही गरियो। उनले चेताउनी दिइन्, जलभराउ बिन्दुमा निगरानी गर्नको लागि नियुक्त अधिकारीहरूले सही ढंगमा काम गरून् अन्यथा उनीहरूले कारबाहीको सामना गर्नुपर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande