दिल्ली पुलिसको सतर्कताले अबोधको ज्यान बच्यो
दिल्ली पुलिसको सतर्कताले अबोधको ज्यान बच्यो


नयाँ दिल्ली, 26 मई (हि.स.)। उत्तर-पश्चिम जिल्लाको केशवपुरम क्षेत्रमा एक अबोध बालकको अपहरणको प्रयासलाई दिल्ली पुलिसले असफल बनाइदियो। आफ्नो विवेक अनि द्रूत कारबाहीबाट दिल्ली पुलिसले अपहरण गर्ने प्रयास गरिरहेका आरोपीलाई घटनास्थलबाटै पक्राउ गऱ्यो अनि बालकलाई मुक्त गराएर परिवारलाई सुम्पिदियो।

यो घटना गए आइतवार भएको हो जतिबेला आरोपी गोविन्द (22)-ले एक अबोध बालकलाई फकाई-फुस्लाई आफूसित लिएर गइरहेको थियो। घटनास्थलमा उपस्थित मानिसहरूले उसको गतिविधिलाई संदिग्ध देखेपछि हल्ला गरे अनि पुलिसलाई सूचित गरे।

उत्तर-पश्चिम जिल्लाका डीसीपी भीष्म सिंह अनुसार सूचना पाउनसाथ पीसीआर भ्यानमा तैनाथ एसआई हरिश किशन अनि कन्स्टेबल सचिनले तुरून्त कारबाही गर्दै पीसीआर मार्फत आरोपीलाई पछ्याउन शुरू गरे। आफूलाई घेरिएको देखेपछि आरोपीलाई बालकलाई भुइँमै फालिराखेर भाग्ने प्रयास गऱ्यो, तर पुलिसले उसलाई केही टाड़ा पुगेपछि समात्यो।

डीसीपी अनुसार आरोपीसित जाँचबुझ गर्दा थाहा लाग्यो, उसको बालकसित कुनै परिचय थिएन। उसले दुष्कर्म गर्ने उद्देश्यले नानीलाई लिएर गइरहेको थियो। आरोपीमाथि पहिला पनि मोडल टाउन थानामा वर्ष 2022-मा पोक्सो एक्ट औ धारा 377 आईपीसी अन्तर्गत मामिला दर्ता भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande