गुवाहाटी, 26 मई (हि.स.)। गुवाहाटी पुलिसको स्पेशल अपरेशन ग्रुप (एओजी) औ भरलुमुख थानाको संयुक्त टीमले एकजना ड्रग्स तस्करलाई पक्राउ गरेको छ। भरलुमुख पुलिसले सोमवार बतायो, पक्रा पर्ने आरोपीको पहिचान छयगाउँ निवासी लैशन बादशाह (21)-को रूपमा भएको छ।
पुलिसले उसको कब्जाबाट 10 भायल हेरोइन जफ्त गरेको छ जसको वजन 20.64 ग्राम रहेको छ। आरोपीविरूद्ध मादक पदार्थ अधिनियम अन्तर्गत कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा