जेपी इन्फ्राटेक लिमिटेड सहित अन्यविरूद्ध ईडीको छापा, 1.70 करोड़ रुपियाँ जफत
जेपी इन्फ्राटेक लिमिटेड सहित अन्यविरूद्ध ईडीको छापा, 1.70 करोड़ रुपियाँ जफत


नयाँ दिल्ली, 26 मई (हि.स)। प्रवर्तन निदेशालय (ईडी)-ले जेपी इन्फ्राटेक लिमिटेड (जेआईएल), जयप्रकाश एसोसिएट्स लिमिटेड (जेएएल) लगायत अन्य केही ठेगानाहरूमा छापा मारेर 1.70 करोड़ रुपियाँ नगद र अचल सम्पत्तिसित सम्बन्धित दस्तावेज जफत गरेको छ। यो करबाही घर खरिद गर्नेहरूसित कथित धोकाधड़ी भएको मामिलामा धनशोधन जाँच अन्तर्गत गरिएको हो।

प्रवर्तन निदेशालयले सोमवार बतायो, ईडीको दिल्ली जोनल कार्यालयले गत 23 मईमा जेपी इन्फ्राटेक लिमिटेड (जेआईएल), जयप्रकाश एसोसिएट्स लिमिटेड (जेएएल) एवं अन्‍य सम्बन्धित संस्थाहरूको जाँच सम्बन्धमा पीएमएलए अन्तर्गत दिल्ली, नोएडा, गाजियाबाद र मुम्बई सहित 15 वटा ठेगानाहरूमा छापा मारेको थियो। यस अवधि जेएएलका प्रमुख व्यावसायिक सहयोगीहरू क्रमैले गौरसन्स इण्डिया प्राइभेट लिमिटेड, गुलशन होम्ज प्राइभेट लिमिटेड औ महागुन रियल एस्टेट प्राइभेट लिमिटेडसित सम्बन्धित कार्यालय अनि परिसरहरूमा खानतलासी गरियो। ईडीले बतायो, यो खानतलासी अभियान घर खरिद गर्नेहरूसित भएको धोकाधड़ीको मामिलासित सम्बन्धित छ। ईडी अधिकारीहरूले छापामारीमा 1.70 करोड़ रुपियाँ नगद अनि अचल सम्पत्तिसित सम्बन्धित दस्तावेजहरू जफत गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande