कालियागञ्ज, 26 मई (हि.स.)। पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्ला अधिनस्थ कालियागञ्ज क्षेत्रमा गए आइतवार अबेर राति भएको श्रृंखलाबद्ध ग्यास सिलेण्डर विस्फोटको घटनाले क्षेत्रमा त्राष फैलियो। यस घटनामा घर मालिक तथा पेशाले व्यापारी निताही महान्त जलेर गम्भीर रूपमा घाइते भए। पुलिस अनि दमकल विभागले तत्काल घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गऱ्यो।
घटना कालियागञ्ज नगरपालिका क्षेत्रको शठकोलनी क्षेत्रमा भएको हो। पुलिस तथा स्थानीय सूत्र अनुसार अबेर राती लगभग 2 बजी अचानक एउटा घरमा तीव्र विस्फोट सहित आगो लाग्यो। हेर्दा-हेर्दै एकपछि अर्को गर्दै अन्य सिलेण्डरहरू पनि विस्फोट हुन थाले। यस विस्फोटको तीव्र आवाज सम्पूर्ण क्षेत्रमा गुञ्जियो। मानिसहरू डरले आ-आफ्नो घर छोड़ेर बाहिर आए। कतिपय मानिसहरूले महिला अनि बाल-बालिकाहरूलाई सुरक्षित स्थानहरूमा पुऱ्याए।
सूचना पाउनसाथ कलियागञ्ज थानाको पुलिस घटनास्थलमा पुग्यो। पहिला दुईवटा दमकलको इञ्जीनलाई आगो निभाउनमा खटाइयो पछि फेरि तीनवटा दमकललाई मगाइयो। कड़ा परिश्रम गरेर आगोलाई पूर्ण रूपले नियन्त्रण गरियो। जलेर घाइते भएका व्यापारी निताईलाई पहिला कालियागञ्ज अस्पताल लगियो जहाँबाट उनलाई रायगञ्ज मेडिकल कलेजमा रेफर गरिएको छ।
दमकल विभाग र पुलिसको प्रारम्भिक जाँचमा थाहा लागे मुताविक घरमा लगभग दशवटा सिलेण्डर विस्फोट भयो। यस अतिरिक्त पनि त्यहाँ अन्य सिलेण्डरहरू राखिएको थियो। अब यहाँ एउटा प्रश्न उठ्नु स्वभाविक हो कि एउटा सामान्य घरमा यति धेरै ग्यासका सिलेण्डरहरू किन राखिएको थियो। के निताईले अवैध रूपमा सिलेण्डरको व्यापार गरिरहेका थिए? वा सिलेण्डरबाट ग्यास चुहिरहेको थियो र कुनै झिल्काले यति ठूलो दुर्घटना भयो?
घटनापछि बिजुली विभागले सम्पूर्ण क्षेत्रको बिजुली सप्लाईलाई बन्द गरिदियो ताकि आगोले बिजुलीको तारको चपेटमा परेरविकराल रूप धारण नगरोस्। पुलिसले मामिलाको जाँच शुरू गरेको छ भने अवैध ग्यास सिलेण्डरको भण्डारणको दिशामा पनि जाँचबुझ गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा