बीरभूम, 26 मई (हि.स.)। सिउड़ीको सुकान्तपल्लीस्थित नूराईपारा क्षेत्रमा सोमवार बिहान एक खाली मैदानमा अज्ञात युवक (लगभग 35वर्ष)-को अर्धनग्न शव भेटिनाले क्षेत्रमा सन्त्राष फैलिएको छ। टाउको र अनुहारमा गम्भीर चोट लागेको कारणले शवको पहिचान हुन सकेको छैन। शरीरको तल्लो भागमा कपड़ा नै छैन। शवको नजिकैमा चप्पल र कालो प्लास्टिक भेटिएको छ।
स्थानीय निवासी एवं नगरपालिका कर्मचारी कुसुम बीबी अनुसार शवको अवस्था हेर्दा हत्या भएको जस्तो लाग्छ। उनको मान्यता छ, युवक स्थानीय होइन। शवलाई बाहिरबाट ल्याएर यहाँ पालिएको हो। सिउड़ी पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। कपड़ा अनि प्लास्टिकको जाँच गरिँदैछ। स्थानीय मानिसहरू सुकान्तपल्ली जस्तो शान्त क्षेत्रमा भएको यस्तो घटनाबाट स्तब्ध भएका छन्। उनीहरूको दाबी छ, यो हत्या अन्य ठाउँमा गरेर शवलाई यहाँ ल्याइएको हो। पुलिसले मृतकको पहिचान अनि हत्याको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा