भवानीपुरमा होम्योप्याथिक डाक्टरमाथि यौन उत्पीड़नको आरोप, युवतीले दर्ता गराई सिकायत
भवानीपुरमा होम्योप्याथिक डाक्टरमाथि यौन उत्पीड़नको आरोप, युवतीले दर्ता गराई सिकायत


कोलकाता, 26 मई (हि.स.)। एकजना होम्योप्याथिक डाक्टरमाथि कोलकाताकी एक जना युवतीले यौन उत्पीड़न जस्तो गम्भीर आरोप लगाएकी छन्। पीड़िताले दक्षिण कोलकाताको भवानीपुर थानामा लिखित सिकायत दर्ता गराई जसको आधारमा पुलिसले जाँच शुरू गरेको छ।

थानाका एकजना वरिष्ठ अधिकारीले सोमवार बताए, सिकायतकर्ता युवती शारीरिक अस्वस्थताको कारणले भवानीपुरको श्यामाप्रसाद मुखर्जी रोडस्थित एक नामी होम्योप्याथिक औषधिको पसल नजिकै निर्मित डाक्टरको च्याम्बरमा उपचार गर्न गएकी थिई। यसै अवधि डाक्टरले च्याम्बरभित्र स्वास्थ्य जाँचको बहानामा उसित अश्लील व्यवहार गरेको आरोप छ।

युवतीको भनाइ छ, डाक्टरले बहाना बनाएर उसको संवेदनशील अंगहरूलाई छुने प्रयास गऱ्यो। युवतीले विरोध गर्दा डाक्टरले स्वास्थ्य जाँचको लागि यसो गर्न आवश्यक रहेको बतायो। पीड़िताले स्पष्ट आरोप लगाई, डाक्टरले स्वास्थ्य परीक्षणको आड़मा उसको यौन उत्पीड़्न गर्ने प्रयास गऱ्यो।

सिकायत दर्ता भएपछि पुलिसको एक टीमले डाक्टरलाई खोजिरहेको छ, तर घटना भएदेखि डाक्टर न त च्याम्बरमा आएको छ न त घरमै भेटिएको छ। पुलिसको भनाइ छ, डाक्टर घरबाट भागिसकेको छ र उसको खोजीमा छापामारी गरिँदैछ।

पुलिसले यस मामिलालाई गम्भीर रूपमा लिएर जाँचलाई तीव्रता दिएको छ साथै आरोपीलाई चाँड़ै पक्राउ गरिने सम्भावना व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande