कोलकाता, 26 मई (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले विद्रोही कवि काजी नजरुल इस्लामको जयन्तीमा उनलाई श्रद्धाञ्जलि दिइन्। उनले नजरूलको कविता “मोरा एक बाग के दो फूल हिंदू-मुसलमान”- को उल्लेख गर्दै कविलाई संकटहरूमा पथ-प्रदर्शक बताइन्।
मुख्यमत्रीले स्मरण गराइन्, राज्य सरकारले आसनसोलमा काजी नजरूल विश्वविद्यालयको स्थापना गऱ्यो भने अंडालको ग्रीनफील्ड हवाईअड्डालाई उनको नाममा गरियो। कोलकातामा ‘नजरुल तिर्थ’ एवं ‘काज़ी नजरुल इस्लाम अकादमी’-को गरेको छ। साथै कविमाथि आधारित शोध ग्रन्थ पनि प्रकाशित गरिएको छ।
काजी नजरुल इस्लामको जन्म 24 मई, 1877- मा पश्चिम बंगालको चुरुलिया गाउँमा भएको थियो। उनलाई आफ्नो विद्रोही स्वरूप, धर्मनिरपेक्ष दृष्टिकोण एवं साम्प्रदायिक सौहार्दको लागि चिनिन्छ। उनको प्रसिद्ध कविता ‘विद्रोही’-ले उनलाई जनकवि बनाइदियो। लेखन, संगीत औ स्वतन्त्रता संग्राम यी तीनैवटा क्षेत्रमा उनी सक्रिय थिए।
बंगलादेशका राष्ट्रिय कवि नजरुलले हजारौं गीतहरूको रचना गरे जसलाई ‘नजरुल गीति’-को नामले चिनिन्छ। 1976 सालमा उनको निधन भएपछि उनलाई ढाका विश्वविद्यालय परिसरमान दफ्नाइयो।
मुख्यमन्त्रीले अन्तमा भनिन्, कवि नजरूल हाम्रो लागि नित्य-स्मरणीय छन्, संकटहरूमा कर्णधार हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा