किशोरी अपहरण गरेको आरोप, मानिसहरूले गरे विरोध प्रदर्शन
किशोरी अपहरण गरेको आरोप, मानिसहरूले गरे विरोध प्रदर्शन


कामरूप (असम), 26 मई (हि.स.)। हाजोको बरम्बै क्षेत्रमा एकजना 14 वर्षीय किशोरी बेपत्ता भएको घटनाले व्यापक त्राष व्याप्त भएको छ। जानकारी अनुसार नवौं कक्षाकी छात्रा ट्यूशनको लागि घरबाट गएकी थिई, तर घरमा फर्केर आइन।

स्थानीय मानिसहरूले सोमवार आरोप लगाएका छन्, किशोरीलाई अपहरण गरिएको छ र यस मामिलामा विकी दास नामक युवक लिप्त हुनसक्छ।

परिवारको पक्षबाट हाजो पुलिस थानामा मामिला दर्ता गराइएको भए पनि अहिलेसम्म पुलिसले किशोरीको बारेमा पत्तो लगाउन सकेको छैन। यसबाट असन्तुष्ट क्षेत्रवासीले सड़कमा उत्रेर व्यापक विरोध प्रदर्शन गरे। उनीहरूले चाँड़ोभन्दा चाँड़ो किशोरीलाई उद्धार गर्ने माग पुलिससित गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande