नयाँ दिल्ली, 26 मई (हि.स.)। उत्तर-पश्चिम जिल्लाको महेन्द्रा पार्क थाना पुलिसले एकजना चतुर लेटारा एवं अटो लिफ्टरलाई पक्राउ गरेको छ जसको पहिचान डी-ब्लक, मंगल बजार रोड भलस्वा डेयरी निवासी अनवरको रूपमा भएको छ। पुलिसले उसको कब्जाबाट दुईवटा चोरीको मोबाइल फोन र एउटा मोटरसाइकल जफत गरेको छ।
उत्तर-पश्चिम जिल्लाका डीसीपी भीष्म सिंह अनुसार गत 24 मईको राति एएसआई सचिन, हेड कन्स्टेबल बलरामले टीम सहित आजादपुर मण्डीको शेड नम्बर-8 नजिक गस्ती गरिरहेका थिए। एकजना मोटरसाइकल सवार संदिग्ध व्यक्तिले पुलिसलाई देखेर भाग्ने प्रयास गर्नथाल्यो। टीमले तुरून्त सतर्कता देखाउँदै उसलाई घेरेर समात्यो। जाँचबुझमा आरोपीले आफ्नो अनवर बतायो। जाँच गर्दा एउटा मोबाइल फोन भेटियो। अग्रिम जाँचमा थाहा लाग्यो कि आरोपीको बाइक पनि चोरीको हो। त्यसपछि बाइक सहित बाइकको डिग्गीबाट अर्को एउटा चोरीको फोन जफत गरियो। अनवरले जाँचबुझमा स्वीकार गऱ्यो, नशाको लतलाई पूरा गर्नको लागि उसले लुटपाट अनि वाहन चोरी जस्तो कृत्यहरू गर्थ्यो। उ पहिला पनि डकेटी तथा शस्त्र अधिनियमको मामिलामा तीनपटक जेल गइसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा