सिविटारमा पशु चिकित्सा शिविर सम्पन्न
पशु चिकित्सा शिविर


तीनधारे, 26 मई (हि.स.)। महानदी ग्राम पञ्चायतको सहयोगमा पञ्चायत सदस्य राजीव तामाङको पहलमा सिविटार चियाबारीमा गृहपालित प्राणीहरूको रोग सम्बन्धमा‌ शिविरको आयोजना गरिएको छ। उक्त शिविरमा खरसाङ खण्ड विकासको प्राणी सम्पदा विभागबाट डा. अंकुश शर्मा र उनको टोली विशेष रूपमा उपस्थित रहेको थियो।

उनले सिविटार क्षेत्रका गृहपालित प्राणीहरू जस्तै - गाई, बाख्रा, कुखुरा, सुंगुर, हाँस आदिको विभिन्न रोगहरु विषयमा सचेतना गराए भने विभिन्न रोगहरुका दबाईहरु पनि वितरण गरे। यस अवसरमा महानदी ग्राम पञ्चायतका पञ्चायत प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्या सरिता मुखिया, प्राणी मित्र लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस पशु चिकित्सा शिविरबाट स्थानीयहरुले धेरै लाभ उठाए। पञ्चायत सदस्य राजीव तामाङले यस पशु चिकित्सा शिविरबाट स्थानीयहरुले धेरै राम्रो लाभ उठाएको‌ बताउँदै यस शिविरमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande