आरामबागमा सड़क निर्माणलाई लिएर तनाउ
आरामबागमा सड़क निर्माणलाई लिएर तनाउ


हुगली, 26 मई (हि.स.)। हुगली जिल्लाको आरामबागस्थित कानपुर क्षेत्रमा 13 किलोमीटर लामो सड़कको निर्माणलाई लिएर स्थानीय किसान अनि प्रशासनबीच तनाउ उत्पन्न भएको छ। किसानहरूको आरोप छ, सड़क निर्माणको निम्ति उब्जाव भूमिबाट माटो काटिँदैछ जसले गर्दा उनीहरूको भूमिको उर्वरता नष्ट भइरहेको छ। यसबाट उनीहरूको आजीविका जोखिममा परेको छ, किनभने उर्वर माटोलाई हटाएको कारणले फसलको उत्पादन प्रभावित भइरहेको छ।

किसानहरूले बताए, पछिल्लो सरकारमा उनीहरूले आफ्नो जमीन दिएर खेतसम्म पुग्नको लागि सड़क बनाएका थिए, तर बारम्बार माटो काटिनाले उनीहरूको जमीन बाँझो भइरहेको छ। यस अतिरिक्त किसानहरूको भनाइ छ, जमीन नदिँदा उनीहरूलाई ध्यानमारा धम्की साथै माटोमै मिलाइदिने धम्की दिरहेको छ। अर्कोतिर स्थानीय माधबपुर ग्राम पञ्चायतको सत्तारूढ़ तृणमूल कंग्रेसका सदस्य शेख मिराजको दाबी छ, 13,000 किसानहरूमा 10-12 जना किसानहरूले मात्र सड़क निर्माणको विरोध गरिरहेका छन्। यो विरोध विपक्षको उक्साहटमा भइहेको छ। उनको भनाइ छ, 13 किलोमीटर सड़कको 11 किलोमीटर निर्माण भइसकेको र जमीनलाई सम्म बनाउने काम भइरहेको छ। तर पनि कतिपय किसानहरू रूष्ट भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande