स्वास्थ्य भवनलाई बमले उड़ाउने धम्कीपूर्ण ई-मेल पाउनसाथ कोकोहोलो मच्चियो
स्वास्थ्य भवनलाई बमले उड़ाउने धम्कीपूर्ण ई-मेल पाउनसाथ कोकोहोलो मच्चियो


कोलकाता, 26 मई (हि. स.)। पश्चिम बंगाल स्वास्थ्य विभागको मुख्यालय स्वास्थ्य भवनमा सोमवार त्यसबेला भाग-दौड़ मच्चियो जतिबेला भवनलाई बमले उड़ाउने धम्कीपूर्ण ई-मेल त्यहाँका अधिकारीहरूलाई प्राप्त भयो। ई-मेलमा दाबी गरियो, भवनमा विस्फोटक राखिएको छ र चाँड़ै नै त्यसलाई उड़ाइनेछ। सूचना पाउनसाथ अधिकारी अनि कर्मचारीहरूमाझ सन्त्राष फैलियो।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै तुरून्त बिधाननगर पुलिसलाई सूचित गरियो। पुलिसको टीम एक पल पनि नगुमाई घटनास्थलमा पुग्यो अनि सम्पूर्ण भवनको जाँच कार्यमा जुट्यो। शुरूआती जाँचमा कुनै संदिग्ध वस्तु भेटिएको छैन। तर सुरक्षाको दृष्टिले स्वास्थ्य भवनको हरेक कुनामा होशियारीपूर्वक खोजी अभियान जारी राखिएको छ।

पुलिस सूत्र अनुसार धम्कीपूर्ण ई-मेल कहाँबाट पठाइएको हो र यसको पछाड़ि को छ, यसको पनि जाँच गरिँदैछ। अधिकारीहरूको भनाइ छ, स्थितिमाथि नजर राखिँदैछ। आवश्यकता परे अतिरिक्त सुरक्षा बललाई तैनाथ गरिनेछ।

स्मरण गराइन्छ, गत महिना पनि कोलकाताको भारतीय संग्रहालयलाई बमले उड़ाउने धम्की दिइएको थियो। त्यस मामिलामा पनि एक ई-मेल प्राप्त भएको थियो जसमा दाबी गरिएको थियो, संग्रहालयमा विस्फोटक राखिएको छ जसले गर्दा सयकड़ौं मानिसहरूको ज्यान जानसक्छ।

संग्रहालयको घटनापछि शहरका चारवटा स्कूलहरूलाई यसरी नै धम्कीपूर्ण ई-मेल प्राप्त भएको थियो जसमा स्कूल भवनलाई उड़ाउने धम्की दिइएको थियो। यी मामिलाहरूको जाँचमा पनि पुलिसको हातमा केही परेन।

बितेको एक वर्षमा यसप्रकारको धेरैवटा धम्कीहरू कोलकाताले पाइसकेको छ जुन अधिकांश नै झुटो साबित भएका छन्। तथापि पुलिसले हरेक पटक नै यसलाई गम्भीर रूपमा लिएर सुरक्षाको जाँच गर्दछ ताकि कुनै चूक नहोस्।

हाल स्वास्थ्य भवनमा सुरक्षा व्यवस्था कड़ा गरिएको छ भने पुलिस मामिलाको गहिराईसम्म पुग्ने प्रयासमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande