इम्फाल, 26 मई (हि.स.)। मणिपुरमा धन आर्जनको गतिविधिमा सामेल आरोपीहरूलाई समात्नका लागि सुरक्षा बलहरूले गुप्त जानकारीमाथि आधारित कम्बिंग अपरेशन्स एवं ‘कोर्डन एण्ड सर्च’ अभियान संचालन गरिरहेका छन्। सोही अभियानको क्रममा तीनजना उग्रवादीहरूलाई भिन्न-भिन्न स्थानहरूबाट पक्राउ गरियो।
पुलिसले सोमवार बतायो, पाटसोई भाग-1 गाउँ, पाटसोई थाना क्षेत्र, इम्फाल पश्चिमबाट मणिपुर पुलिसले केसीपीका क्याडर वहेंगबम इसरिएल सिंह उपनाम चालंबा (47)-लाई पक्राउ गऱ्यो जो सोझै रूपमा आसुली जस्ता गतिविधिहरूमा सामेल थिए। आरोपीबाट दुईवटा मोबाइल ह्याण्डसेट र सिम कार्ड जफत गरिएको छ।
यस्तै अर्को कारबाहीमा याइंगांगपोकपी क्षेत्र, इम्फाल पूर्वबाट सुरक्षा बलहरूले केसीपी (ताइबंगनबा)- का क्याडर मोहम्मद सादम (31)-लाई हिरासतमा लिए जो बिष्णुपुर जिल्लाको क्वक्ता खुमान, वार्ड नं. 8 -का निवासी हुन्। जाँचबुझको लागि उसलाई थौबल मुख्यालयमा ल्याइयो र पछि थौबल थाना अन्तर्गत पक्राउ गरियो। मोहम्मद सादम भ्याली क्षेत्रमा स्कूल तथा कलेजहरूमा ब्याक डुवर एडमिशन दिलाउने नाममा अभिभावकहरूबाट पैसा असुल्ने जस्तो अपत्तिजनक गतिविधिमा सामेल थिए। उसको कब्जाबाट दुईबटा मोबाइल फोन, सिम कार्ड, एउटा प्यान कार्ड, भोटर आईडी कार्ड, आधार कार्ड, एटीएम कार्ड र एउटा वाहन पञ्जीकरण कार्ड जफत गरिएको छ।
यस अतिरिक्त मोइरांग-सेंद्र रोडस्थित कोईरेनग प्रतिमा छेउमा मोइरांग थाना क्षेत्र, बिष्णुपुर जिल्लाबाट मणिपुर पुलिसले यूएनएलएफ (पी)- का एकजना सक्रिय क्याडर नामब्रम अमुजाओ सिंह उपनाम लंगकपा (25)-लाई समात्यो। चुराचाँदपुर जिल्लाको नगुरते रोड, नगाथल निवासी लंगकपा वर्तमानमा मोइरांग कलेज रिलीफ क्याम्प, बिष्णुपुरमा बस्दै आइरहेका थिए। आरोपी बिष्णुपुर जिल्ला तथा इम्फाल क्षेत्रमा सामान्य जनता, स्थानीय व्यापारी तथा सरकारी संस्थानहरूबाट पैसा असुलीमा संलिप्त थिए। उसको कब्जाबाट एउटा मोबाइल ह्याण्डसेट र सिम कार्ड जफत गरिएको छ।
सुरक्षा एजेन्सीहरूको भनाइ छ, यस्तो अभियान आगामी दिनहरूमा पनि जारी रहनेछ ताकि राज्यमा शान्ति अनि कानून व्यवस्था कायम रहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा