राजारहाटमा ईँटाको थाक झरेर श्रमिकको मृत्यु, चार जना घाइते
राजारहाटमा ईँटाको थाक झरेर श्रमिकको मृत्यु, चार जना घाइते


कोलकाता, 26 मई (हि. स.)। न्यू टाउन क्षेत्रको राजारहाट थाना अन्तर्गत नांगलपोटा क्षेत्रमा अवस्थित ईँटा भट्टीमा भयानक दुर्घटना भयो। यहाँ काम गर्ने श्रमिकहरूमाथि अचानक ईँटाको थाक झऱ्यो। यस घटनामा झारखण्ड निवासी बिट्टू लिंडा (19)-को घटनास्थलमै मृत्यु भयो भने अन्य चार जना श्रमिकहरू घाइते भए।

पुलिस सूत्र अनुसार घटना त्यसबेला भयो जतिबेला श्रमिकहरूले ईँटाहरूलाई व्यवस्थित बनाउने काम गरिरहेका थिए। थाकमा राखिएको ईँटाको माथिल्लो थाक अचानक झरेर पाँचजना श्रमिकहरू त्यसैमा पुरिए। घटनाको कारणले त्यहाँ उपस्थित श्रमिकहरूमा भाग-दौड़ मच्चियो। श्रमिकहरूले मिलेर ईँटालाई हटाए अनि भित्र पुरिएका साथी श्रमिकहरूलाई बाहिर निकाले। घाइतेहरूलाई तत्काल अस्पतालमा लगियो जहाँ डाक्टरहरूले बिट्टू लिंडालाई मृत घोषित गरिदिए। चार जना घाइतेहरूमध्ये दुई जनालाई प्राथमिक उपचारपछि छुट्टी दिइयो भने गम्भीर रूपमा घाइते दुईजना श्रमिकहरूको उपचार भइरहेको छ।

राजारहाट थानाको पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। श्रमिकहरूसित जाँचबुझ गरिसकिएको छ र ईँटा भट्टीको मालिकसित पनि चाँड़ै जाँचबुझ गरिनेछ। प्रारम्भिक जाँचमा पत्तो लगाइँदैछ कि ईँटा भट्टीमा सुरक्षा मानकहरूको पालन भइरहेको थियो कि थिएन! हाल पुलिसले एक अप्राकृतिक मृत्युको मामिला दर्ता गरेको छ। मृतकको परिवारलाई पनि सूचित गरिसकिएको छ।

स्थानीय मानिसहरूको भनाइ छ, ईँटा भट्टीमा विविध किसिमका अव्यवस्थाहरू हुँदाहुँदै पनि प्रशासनद्वारा कुनै प्रकारको कड़ा कदम उठाइएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande