मालदहमा लिची बगानमा युवकमाथि गोली दागियो
मालदहमा लिची बगानमा युवकमाथि गोली दागियो


मालदह, 26 मई (हि. स.)। मालदह जिल्लाको कालियाचक अधिनस्थ मोजमपुर क्षेत्रमा लिची बगानको हेरचाह गरिरहेका एकजना युवकलाई अज्ञात आक्रमणकारीहरूले गोली ठोके। यस घटनामा युवक गम्भीर रूपमा घाइते भएका छन्।

स्थानीय सूत्र अनुसार घाइते युवकको नाम करिम खान हो। गए आइतवार राती करिमले आफ्नो घर नजिकै अवस्थित लिचीबारीको रखवाली गरिरहेका थिए। राती लगभग 10 बजे स्थानीय मानिसहरूले अचानक गोलीको आवाज सुने। घरका सदस्यहरूले करिमलाई गोली लागेर घाइते भएको अवस्थामा देखे। आफन्तहरूले तुरून्तै उसलाई मालदह मेडिकल कलेज एवं अस्पतालमा भर्ती गराए।

पारिवारिक सूत्र अनुसार सोमवार अपरान्हसम्म उनको अस्पतालमा उपचार भइरहेको थियो। करिमको शारीरिक स्थिति गम्भीर छ। युवकका आफन्तले बताए, म यो भन्न सक्दिनँ कि गोली कसले चलायो। हामी लिचीबारीमा पुग्दा करिम रगतपच्छे भएर भुुइँमा लड़िरहेको थियो। परिवारको दाबी छ, करिमको कुनै पनि राजनीतिक दलसित कुनै प्रकारको सम्बन्ध छैन। अन्य मानिसहरूसित व्यक्तिगत शत्रुता रहेको पनि अहिलेसम्म हामीलाई छैन।

यता पुलिसले बताए अनुसार उनीहरूलाई सिकायत प्राप्त भएको छ, तदानुसार जाँच शुरू गरिएको छ। यो समाचार लेखुञ्जेलसम्म कसैलाई पनि यस मामिलामा हिरासतमा लिइएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande