पाकिम, 26 मई (हि.स.)। पाकिम जिल्लाको कृषि एवम् वागवाणी विभाग, कृषि विज्ञान केन्द्र रानीपुल, आईसीएआरको संयुक्त पहलमा विकसित कृषि संकल्प अभियानलाई लिएर नाम्चेबुङको ग्राम प्रशासन केन्द्रमा एक समन्वय सभा सम्पन्न भयो। राज्यव्यापीरूपमा ग्रामीण क्षेत्रमा आउटरिच कार्यक्रम पुऱ्याउन आगामी 29 मईदेखि 12 जूनसम्म निरन्तर जारी रहनेछ भने यसको मुख्य उद्देश्य कृषकहरूलाई कृषि क्षेत्रमा भएको हालैको विकास र दीर्गमिदायी अभ्यासबारे जागरूकता गराउनु रहेको छ।
एनएफएसएमका निर्देशक डा. प्रताप सुब्बाको अध्यक्षतमा सम्पन्न भएको सभामा वरिष्ठ वैज्ञानिक डा. प्रकाश शर्मा, अतिरिक्त निर्देशक एञ्जिला प्रधान लगायत विभिन्न विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डा. प्रताप सुब्बाले विकसित कृषि संकल्प अभियानको रणनीति रोडम्यापको रूपरेखा प्रस्तुत गरे, जसमा क्षेत्रीय टोलीहरूको भूमिका र जिम्मेवारीहरूको विवरण दिइएको थियो।
उनले थप जानकारी गराए अनुसार, कृषि तथा बागवानी विभागका समर्पित टोलीहरू, केभीकेएस र आईसीएआरसँग मिलेर जिल्लाको प्रत्येक ग्राम पञ्चायत यूनिटमा प्रत्यक्ष प्रदर्शन, प्राविधिक सत्र र अभ्यासलाई प्रभावकारी बनाउन किसान अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुपर्नेछ। उनले जीपीयू भरि भ्रमण गर्नको निम्ति भ्रमण तालिका तयार भइसकेको छ भने दिगो कृषि वृद्धि र ग्रामीण क्षेत्रलाई कृषिमा प्रवर्द्धन गर्न महत्वपूर्ण जानकारी, उपकरणहरू र संस्थागत सहयोगको साथ किसानहरूलाई सशक्त बनाउन सहज कार्यान्वयन सुनिश्चित गर्न तयारीहरू भइरहेको बताए।
हिन्दुस्थान समाचार / प्रदीप