संदिग्ध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ
संदिग्ध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ


गान्तोक, 26 मई (हि.स.)। गोप्य सूचनाको आधारमा सिङताम पुलिसले हिजो ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी 32 नम्बरस्थित लोवर मार्तम निवासी प्रणय राई रहेको बताइएको छ।

पुलिस रिपोर्ट अनुसार, विश्वासनीय सुत्रले सिङताम पुलिसलाई एक व्यक्ति नशालु पदार्थ लिएर गान्तोकतर्फ स्कूटीमा गइरहेको सूचना दिएको थियो। सूचना पाउनसाथ सिङताम थानाका एसएचओ शेर बहादुर मंगरको नेतृत्वमा गएको टोलीले आरोपीलाई 32 नम्बर नजिकको पुलबाट पक्राउ गऱ्यो। आरोपीबाट पुलिसले 20 ग्राम संदिग्ध ब्राउन सुगर फेला पारेको छ।

पुलिसले कानुन अनुरुप साक्षीहरूको उपस्थितिमा आरोपीबाट फेला परेको संदिग्ध ब्राउन सुगर सिल गरेको बताइएको छ।आरोपीविरूद्ध एनडीपीएस एक्ट 1985 अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande