एकलव्य मोडल रेसिडेन्सियल विद्यालयका दस जना विद्यार्थी आधारभूत पर्वतारोहण प्रशिक्षणको निम्ति छनौट
एकलव्य मोडल रेसिडेन्सियल विद्यालयका दस जना विद्यार्थी आधारभूत पर्वतारोहण प्रशिक्षणको निम्ति छनौट


गान्तोक, 26 मई (हि.स.)। हिमाचल प्रदेशको मनालीमा सञ्चालित अटल बिहारी बाजपेयी इन्स्टीट्युट अफ् माउन्टेनेरिङ र एलाइड स्पोर्ट्समा गत 13 मईदेखि शुरू आधारभूत पर्वतारोहण कोर्सको निम्ति राज्यभरिका ईएमआरएसमा अध्ययनरत 10 जना विद्यार्थी छनौट भएका छन्। यो पर्वतरोहण अभियान कार्यक्रम आगामी 7 जूनको दिन समापन हुनेछ।

यस टोलीलाई सुन्तलेमा सञ्चालित एकलव्य मोडल रेसिडेन्सियल विद्यालयका शिक्षक मोहन प्रसाद बुढाथोकीले नेतृत्व गरिरहेका छन्। राज्यमा सञ्चालित ईएमआरएसले योसँग तेस्रोपल्ट उक्त संस्थानमा पर्वतरोहणको अभ्यास गर्ने अवसर प्राप्त गरेको छ।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande